रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
प्रसिद्ध एतिहासिक ,पर्यटकिये र धार्मिक स्थल बाराको सिम्रौनगढ स्थित कंकाली मन्दिर को महन्थ मोहन गिरीको थिधन भएको छ ।
७८ वर्षिये गीरी याहाको तेश्रो पुस्ताका महन्थ थिये यो भन्दा पहिले उनका बुवा सुरत गीरी र बाजे मनराज गिरी यहाका महन्थ थिये । यहाको कन्काली मन्दिर छुट गुठी अन्तरगत पर्दछ । जसलाई राणाहरुले गीरी परिवारलाई मन्दिर ब्यवस्थापन र पुजा गरि खानलाई दियेका थिये ।जसमा ५७ बिघा जग्गा र सिम्रौनगढ बजार को आमदनी रहेका थिये ।सो मध्ये केही जग्गा मोही र केही जग्गा यस्तै जोतेर खान्छ जसमा पुरै सिम्रौनगढ टोल यसै अन्तरगत पर्दछ । वाहाका सम्पुर्ण परिवार उदार र सहयोगी स्वभाव का ब्यक्ति छन । वाहाको निधन ले पुरै सिम्रौनगढ वासी सोकमय भएको छ ।स्व. मोहनको तिन छोरा मन्जिल गीरी , मान्सा गीरी र मिलन गिरी रहेका छन ।
