सिम्रौनगढमा मोटरसाइकल दुर्घटना एक को मृत्यु दुई जना घाईते ।


रामेश्वर  मेहता / तिरहुत साप्ताहिक  ।

 बाराको सिम्रौनगढ -५ कोल्ड स्टोर्स नजिक मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यु र दुई जना सख्त घाईते भएको  छ ।

मृत्यु हुनेमा मोटर साईकलको पछाडी बस्ने   सिम्रौनगढ -५ निवासी सुरेन्द्र महतो  रहेको  छन त्यस्तै धाईते हुनेमा दुबै मोटरसाइकलको चालक सिम्रौनगढ -५ निवासी दिलिप कुमार पटेल र अर्को मोटरसाइकल चालक जिल्ला रौतहट राजपुर  नगरपालिका -४अकोलवा  निवासी रामप्रवेश साहको छोरा भरत साह रहेको छ  उनिहरुको टाउको फुटेको र शरिररको विभिन्न ठाउमा चोट पटक लागेको छ  उनिहरुको उपचार प्रादेशिक अस्पताल  कलैयामा भई रहेकोछ ।

आज अन्दाजी बेलुकी ७ बजे सिम्रौनगढबाट कलैया तर्फ जाँदै गरेको   BRO 5 AA8884 नम्बरको पल्सर मोटरसाइकल ले सोही दिशा तर्फ जाँदै गरेको  B R 30V4637 नम्बरको मोटरसाइकललाई पछाडी  बाट ठक्कर दिदा मोटरसाइकलमा चालक दिलिप कुमार घाईते भएको तथा पछाडी बस्ने सिम्रौनगढ -५ निवासी वर्ष ४५ को  सुरेन्द्र महतो को मृत्यु भएको जनाईयेको छ ।

यश सम्बन्धमा हाल दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय सिम्रौनगढको नियन्त्रणमा रहेको सिम्रौनगढ प्रहरी श्रोतबाट थाह भएको  छ । 

Post a Comment

Previous Post Next Post