सिम्रौनगढ्को नाकाहरुबाट उमकेर गयेका हुण्डी कारोवारी , गांजा, अफिम भारत तिर पक्राउ हुँदै र नेपालको प्रहरी लाई थाहै हुदैन ।




 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

 सिम्रौनगढको विभिन्न नाकाहरुबाट दिन्हु हुण्डी कारोवारी , गांजा तस्कर र अफिम तस्करहरु सकृये भएको  छ ।

यी नाकाहरु रहेको छ सिम्रौनगढ -९ कचोर्वा बसवरिया नाका, सिम्रौनगढ -६ को  सतुवही नाका , सिम्रौनगढ -७ को कमलपुर नाका  र सिम्रौनगढ -१ को ननसगरा ढाट भन्ने डुगरदेबी नाका  ।

यी नाकाहरुबाट उमकेर गयेका गांजा , अफिम र हुण्डी करोवारी लाई भारतिये एस एस बी  र प्रहरी ले भारत तिर समातिने गर्छन तर हाम्रो नेपाल का सस्त्र प्रहरी  र नेपाल प्रहरीलाई थाहै हुन्दैन ।

यश सम्बन्धमा बिहीवार  कमलपुर र ननसगरा ढाट को बिच बाटो भई गयेका दुई जना  हुण्डी कारोवारीलाई भारतको सिमावर्तित गाउ नजिक जियालाल पोस्टबाट  जितना प्रहरी र एस एस बी ले पक्राउ गरि उनीहरु बाट 7073650 रुपैया नेपाली र 71410  भारतिये  रुपैया  बरामद गरेकाछन ।पक्राउ पर्नेमा भारत को शिकारगन्ज थाना क्षेत्र का नरेश कुमार र नेपाल को बारा कलैया थाना क्षेत्र को गालो पट्टि निवासी जयलाल राम रहेका छन ।

त्यस्तै मंगलवार सिम्रौनगढ -९ कचोर्वा बसवरिया नाका भई गयेका 30:500 किलो  गांजा एउटा सफारी गाडी साथ भारतको झरोखर थानाको प्रहरी र एस एस बी ले  नियन्त्रणमा लियो ।

साथै बितेको सनीवार सिम्रौनगढ -१; ननसगर ढाट नाका भैइ गयेका ७ किलो अफिम भारतको जितना प्रहरी ले सिमावर्तित अगर्वा गाउँ बाट  नियन्त्रणमा  लियो ।

यो सबै तस्करहरु नेपालबाट उमके र भारत तिर पक्राउ पर्नु  सस्त्र प्रहरी र  नेपाल प्रहरी को लपर्वाही हो कि मिलोमतो यो सोधको बिषय हो ।


Post a Comment

Previous Post Next Post