रामेश्वर मेहता/ तिरहुत साप्ताहिक ।
सिम्रौनगढ नगरपालिका को वर्तमान अवस्थाको बिशलेशन तथा समय सापेक्ष सुधारका लागि सर्वपक्षीय गोष्टि सनिवार राती अबेर सम्म बाराको सिम्रौनगढ नगरपालिका को सभा कक्षमा सम्पन्न भएको छ ।
नागरिक समाज सिम्रौनगढ र उधोग वाणिज्य सघ सिम्रौनगढको योजनामा भएको यश कार्यक्रममा मेयर ,उप मेयर र वार्ड अध्यक्षहरुको उपस्थितिमा यहाका नागरिक समाज ,राजनितिक दल का सम्बन्ध ब्यक्तिहरुले सिम्रौनगढ नगरपालिकाको हाल सम्मको जरजरले स्थिति ले विकासको काम र सेवाहरु अवरुध भएको कारण बारे जानकारी मागेका थिये । यश सम्बन्धमा मेयर र वार्ड अध्यक्षहरुले जवाब दियेका थिये ।अन्तमा जुन सुकै कमी कमजोरी भयो स्विकार्दै यो सबै आफ्नो अधिकार र कर्तव्य न बुझेर यस्तो गलती भएको र अब देखि हामी मिलेर बसने प्रतिबद्धता गर्दै सही छाप गरेका थिये ।
कार्यक्रममा नगर प्रमुख किशोरी प्रसाद कलवार , उप मेयरको श्रीमान शेख मोतिम , प्रमुख प्रशासकिये अधिकृत बीरेन्द्र साह ,वार्ड अध्यक्षहरुमा वार्ड न. १ का दिनदयाल मुखिया ,३ का अजुलाह अन्सारी , ४ का अवधेश सहनी ,६ का नन्दकिशोर प्रसाद जयसवाल ,९ का रामएकवाल प्रसाद यादव रहेका थिये भन्ने जनता तर्फ बाट नागरिक समाजका अरबिन्द कुशवाहा , जनमत पार्टी का गगनदेव प्रसाद कुशवाहा सन्तोष कुमार , रिन्कु देवी , ए समाजवादी का बतहु यादव , एमाले का महेन्द्र प्रसाद जयसवाल , बामपन्थी नेता नागेन्द्र प्रसाद यादव , लोसपा का रामबाबु प्रसाद यादव , रामबाबु कुशवाहा शिक्षक हरेन्द्र प्रसाद यादव , सुजित कुशवाहा र नेपाल पत्रकार माहसघ बारा का उपाध्यक्ष रामबाबु मेहता लगायेत स्थानिये भद्रभलादमी ले आफ्नो जिज्ञासा राखी सुझावहरु दियेका थिये ।
उधोग वाणिज्य सघ सिम्रौनगढ का अध्यक्ष लालबाबु कुशवाहाको अध्यक्षतामा भएको यो गोष्टिमा स्वागत सुजित कुशवाहा र सहजिकरण दोय संचारकर्मी रामेश्वर मेहता र नागरिक समाजका वीर बहादुर कुशवाहाले गरेका थिये ।
