बेलदारी का साहित्यार ,कवि शुभाष कुमार बैठा एक समारोह बिच सम्मानित र पुरस्कृत ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

दिनेश गुप्ता प्रतिभा पुरुष्कार आर्पण समारोह २०२६ आज एउटा  साहित्यिक समारोह बिच पर्सा जिल्ला  बिरगंज स्थित मधेश बिश्वबिधालयको सभा कक्षमा सम्पन्न  भएको  छ ।


 यश पुरुस्कार कार्यक्रममा बारा जिल्ला बेलदारी निवासी शुवाष कुमार बैठा सौरभलाई  दिनेश गुप्ता प्रतिभा पुरुष्कारबाट सम्मनित गरियो ।

 वाहालाई लडाई जिन्दगी के नामक भोजपुरी काव्य संग्रह बापत एगारह हजार नगद राषी प्रदान गरि दोषाला ओढाई  प्रमुख अतिथी उप कुलपती मधेश बिश्वबिधालय को दीपक बहादुर शाक्य ले गर्नु भयो ।

प्रमुख अतिथी दीपक बहादुर शाक्यले सम्बोधन गरि बताउनु भयो कि यही बिरगन्जको धरतीमा मेरो जन्म भयो  हुर्केको समेत बिरगन्जमै र मेरो मृत्यु पनि यही हुनेछ भनी म आशामा छु ।म गर्वको साथ भन्छु म मधेशी हु ।

गोरखापत्रको भोजपुरी पृष्ठको सन्योजक दिनेश गुप्ताको अध्यक्षतामा भएको यस पुरुष्कार बितरण कार्यक्रममा प्रज्ञा प्रतिष्ठान को पुर्ब सदस्य  गोपाल अश्क , बैजनाथ महतो , बयोबृध कवि महन्थ राय यादव , पत्रकार रामेश्वर मेहता, अजय बियोगी , उर्मिला गिरी ,सुबोध गुप्ता , अजमत अली ,पुर्व उप प्रमुख बिरगज उप महानगर पालिका  सलमा खातुन , बबिता गुप्ता लगायेतले आफ्नो कबिता एव मन्तब्य  वाचन गरेका थिये ।

दीनेश गुप्ता  प्रतिभा पुरुष्कार ब्यवस्थापन समितीको योजनामा भएको यश कार्यक्रमको सन्चालन कवि शिवनन्दन जयसवाल ले गर्नु भएको थियो भन्ने स्वागत साहित्यकार प्रमोद पाण्डे ले गर्नु भएको  थियो ।


Post a Comment

Previous Post Next Post