सुनिल कुशवाहा / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ ईलाका बाट एकैरातमा पाचवटा मोटरसाइकल चोरहरुले चोरेर लगेका छन ।
सिम्रौनगढ -१० टोल देवापुरबाट प्रहरी हवलदार जय किशोर प्रसाद यादव को आफ्नै घरको बरान्डामा राखियेको प्रदेश २-०३-०२१ प ६११९ नम्बरको मोटरसाइकल र केही नगद समेत चोरी भएको पिडित ले बतायेका छन उनी छुट्टीमा घर आयेका थिये ।
त्यस्तै आदर्श कोतवाल - १ टोल बोहाबाट दुईवटा पल्सर र दुउई वटा Fz गरि चार वटा मोटरसाइकल चोरी भएको स्थानीय सिकेन्द्र साह ले जानकारी गरानु भएको छ । स्थानिये बलीराम बैठाको घरमा पुजा गराउन आयेका पुरोहित पन्डितको मोटरसाइकल पनि चोरहरु चोरेर लगेको भएका स्थानीयवासिहरुले बतायेका छन । यश सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा जनकारी गराईये स्थानिये नन्दु यादवले बतायेकाछन ।
यस्ता चोरीको बिगबिगीले नगरवासिमा त्रासको स्थिति सिर्जित हुनु को साथै प्रहरी कै मोटरसाइकल चोरी हुनु चुनौतीपुर्ण बिषय भएको बुझियेको छ ।
