सुनिल कुशवाहा / तिरहुत साप्ताहिक ।
सहिद दिवसको अवसरमा आज भारतको एकजना कलाकारले पिपलको एउटा सानो पातमा नेपालको चार शहिदहरुको आकृती बनाई शहिदहरु प्रती भावपुर्ण श्रधान्जली अर्पण गरेको छ ।
बाराको सिम्रौनगढ नजिक भारतको सिमावर्तित गाउ बिजबनी निवासी लिफ आर्टिस्ट मधुरेन्द्र कुमार ले यो कलाकृती आफ्नो कलमको मसिनो निबले नेपालको सहिद शुक्रराज शास्त्री,भर्मभक्त माथेमा , दशरथ चन्द र गंगालाल श्रेष्ठ को तस्बीर पिपलको पातमा बनाई श्रधान्जली अर्पण गरेको हो।
