रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
।बाराको सिम्रौनगढ -६ स्थित ईलाका प्रहरी कार्यालयको हता भित्र परिच्यातमक कार्यक्रम सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढको नया प्रहरी निरीक्षक
कृष्णदेव साहको अध्यक्षतामा भएको यश कार्यक्रम मा यहाको समस्या को बारेमा यहा उपस्थित जन प्रतिनिधि , समाजिककार्यकर्ता ,भद्रभलादमी ले मोटरसाइकल चोरी, रक्सी सेवन , किशोर र युवामा कुलत , कृषकहरुको खाद मल बीउ को समस्या लगायेतको समस्या बारे आफ्नो बिचार राखेका थिये ।
यहा राखियेको समस्याहरुको जवाब दिदै प्रहरी निरीक्षक कृष्ण देव साह ले बताउनु भयो कि म तपाईहरुबाट आयेको राय सुझाउलाई मदय नजर राख्दै म निश्पक्षरुपले काम गर्छु ,म गलत कामको सपोट गर्दिन । गाउहरुमा जे जति समस्याहरु, झै झगडा लाई मुदामा मा न गयी समाजिक स्तरले समाजा मा नै बसि समाधान गर्न जरुरी रहेको छ । यसका लागि हाम्रो सहयोग रहने छ । समाज देखि जनप्रतिनिधि कर्मचारी सबैले जेन जिन आन्दोलन बाट सिख लिनु पर्छ । मेरो प्रयास यहाँ भय रहित समाज निर्माण गर्नु हो बस यसको लागि तपाईहरुको सहयो चाहिन्छ ।
सिम्रौनगढ नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद कलवारको प्रमुख आतिथ्य र प्रहरी निरीक्षक कृष्णदेव साहको अध्यक्षतामा भएको यो परिच्यात्मक कार्यक्रममा नगर प्रमुख किशोरी प्रसाद कलवार , उतम पब्लिक स्कूल सिम्रौनगढको प्रीन्सपल कमलेश कुशवाहा ,उधोगवाणिज्य सघ सिम्रौनगढ को सथापक अध्यक्ष रामबाबु कुशवाहा , लालबाबु कोशवाहा समाजसेवी राजेश यादव, उषा देबि, नगरिक समाजको अरबिन्द कुशवाहा , रामदीनेश प्रसाद यादव, रामएकवाल यादव , नन्दकिशोर प्रसाद जयसवाल , बिवेक मेहता लगायेतले बिचार राखेका थिये ।


