सिम्रौनगढमा सत्संग गोष्टीसम्पन्न ।


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

सनातन धर्म रक्षा मंच सिम्रौनगढ को  ७९ औ  सत्संग गोष्टि आज बिहीवार बाराको  सिम्रौनगढ - ११  टोल कटहरिया (कचोर्वा ) सम्पन्न भएको छ ।

सनातन धर्म रक्षा मन्च सिम्रौनगढ को अध्यक्ष  ओमप्रकाश ठाकुरको अध्यक्षतामा भएको  यश गोष्टिमा आत्म बोध समाज निर्माण, हत्या हिंन्सा रहित समाज निर्माण , नशा मुक्त समाज निर्माण , भेदभाव रहित समाज निर्माण , सत्संग प्रेरित समाज निर्माण ,स्वच्छ चरित्रवान र नैतिकवान समाज निर्माण उद्धेश्य रहेको यो मन्चमा सनातन   संग सम्बन्ध  जय श्री राम, राधे राधे , ओम नमो नरायण , जय गुरु देव , साहेब बनगी ( कबिर) , सचितानन्द , ओम शान्ती लगायेत १२ वटा पन्थका अनुआईहरुको सहभागिता रहेको छ  ।

मन्चको सचिव बैकुन्ठ प्रसादले सहजीकरण गर्नु भएको  यश सत्संग गोष्टिमा संजय शास्त्री प्रणामी , ओमप्रकाश ठाकुर , बेकुन्ठ प्रसाद जयसवाल , मेघनाथ बैरागी ,शुभाष कुशवाहा ,महेन्द्र यादव  लगायेतले प्रवचन दिनु भएको  थियो । यो  सत्संग गोष्टि प्रत्येक महिनाको  अन्तिम बिहीबार  नया नया ठाउमा हुने गर्छन ।  

Post a Comment

Previous Post Next Post