ए आई प्रयोग सम्बन्धि एक दिने तालिम को उदघाटन सत्र सम्पन्न


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

बाराको कोल्हवी नगरपालिका स्थित रोज उड होटलमा आज  ऐ आई को प्रयोग  सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ ।

यस तालीमको उदघाटन प्रमुख अतिथी मधेध प्रदेश सदस्य ( बिधायक ) त्रीलोकी चौधरीले पानसमा बती बाली गर्नु भयो र उदघाटन गर्दै बताउनु भयो कि पत्रकारहरुको अहम बिषय हो राष्ट्रको हीत , राष्ट्रको सुरक्षा अनि कोही गलत छन भन्ने  गल्त र सही छन भन्ने सही सम्प्रेसन गर्नु होस किन कि तपाईं समाजको आईना हो । वाहाले  ए आई को प्रयोग बारे  अगाडि बताउनु भयो कि आज कसैको फोटो कसै सग जोडीदा   बिक्रीती बढेको   देखिन्छ । तर तपाईं पत्रकारहरु यदि ए आई  को प्रयोग सम्बन्ध  बारे तपाईं सही रुपले ए आई को प्रयोग गरे तपाईं पत्रकारिता जगतमा स्थापित हुने निश्चित छ तर त्येही गलत ए आई को प्रयोगले तपाईं बिस्तापित हुन सक्नु हुन्छ ।

  आम संचार प्राधिकरण , मधेश प्रदेश जनकपुर धामको आयोजनामा भएको यो यो उदघाटन सत्रको अध्यक्षता आम सन्चार प्राधिकरणको जितेन्द्र खडका ले गर्नु भएको  थियो र यो सत्रलाई नेपाल पत्रकार महासघ बाराको अध्यक्ष  रमेश सुवेदी , प्रेस मन्च को राष्ट्रिय अध्यक्ष  मोहन यादव लगायेत ले शुभकामना बिचार राखेका थिये ।

नेपाल पत्रकार महासघ बाराको उपाध्यक्ष पन्नालाल दासले स्वागत गरेका यो सत्रलाई  प्रधिकरणका रंजीता साहले सहजीकरण करेका थिये । कार्यक्रममा ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो । ।


Post a Comment

Previous Post Next Post