रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ का किसानहरुले सिम्रौनग्ढ नगरपालिका घेराउ गरि आफ्नो बाली बिरुवाको क्षतिपूर्ति माग गर्दै आज पुन: आन्दोलन गरेको छ ।
२०८२/०१/१४ गते आयेको असिना पानी आधी हुरी ले याहाका कृषकहरु को बाली ठूलो मात्रामा क्षति भएको थियो र सो बेला आन्दोलन गर्दा सिम्रौन नगरपालिका द्वारा वार्डहरुवाट आयेको क्षतिको तथ्याङ्ग अनुसार पिडित कृषकहरुलाई ५ हजार रुपैया ओप्रती कठाको दरले साउन १० गते देखि १५ गते सम्म भुगतानी दिने भनियेको तै पनि आज सम्म पिडित किसानहरुले क्षतिपूर्ति न पाउँदा बाध्य भैइ आन्दोलनमा जानू पर्यो किसान आन्दोलन संघर्ष समितिको सिम्रौनगढको अध्यक्ष धुर्ब प्रसाद कुशवाहाले जानकारी गराउनु भयो ।
यसै गरि आनदोलन झन चर्किन थाले पछि नगर प्रमुख किशोरी प्रसाद क्लवारले बार्ताबाट समस्या समाधान गर्न वार्ताको लागि बोलाउनु भयो। सो अनुसार धुर्व प्रसाद कुशवाहाको नेतृत्वा ११ जना कृषकहरुको टोली वार्तामा भाग लियेका थिये । जस अनुसार वार्ता टोलीमा पिडित तर्फबाट दीपेन्द्र कुशवशा , कपिलदेव महतो ,रामप्रवेश प्रसाद कुशवाहा ,सुनिल कुशवाहा ,संदिप कुमार कुशवाहा ,नगीनालाल प्रसाद ,धुर्व प्प्रसाद ,गगनदेव कुशवाहात्यस्तै नगरपालिका बाट नगर प्रमुख किशोरी प्रसाद कलवार ,उप मेयर नजमु शेहर , उप सचिव मदन कुमार थापा, कृषि शाखा प्रमुख शेख अनसारुल ,सुरेश यादव , वार्ड न ७ को वार्ड अध्यक्ष बिवेक मेहता ,६ को नन्दकिशोर प्रसाद जयसवाल ,१ को दिनदयाल मुखिया रहेका थिये । लगभग तीन घन्टा सम्म चलेको यो वार्ताको निष्कर्ष सुनाउदै नगर प्रमुख किशोरी प्रसाद कलवारले बताउनु भयो कि नगरपालिका माथी परेको मुददा टुङ्गो लागदै माघ १५ गते भित्र सुचित भेएका सम्बन्धित किसानहरुको खातामा भुगतानी निश्चित रुपले हुने बताउनु भयो ।



