रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
साना किसान कृषि सहकारी संस्था लि. सिम्रौननगढको ६ ठौ वार्सिक सधारण सभा आज सिम्रौनगढ -७ कन्काली मा. वि. को पारङ्गणमा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष लालिता कुमारी तात्वाको अध्यक्षतामा भएको यस सधारण सभामा अध्यक्षको प्रतिवेदन ,लेखा प्रतिवेदन र प्रबन्धक प्रतिवेदन पेस गरियेको थियो । अध्यक्षको प्रतिवेदन संस्थाको अध्यक्ष ललिता कुमारी दास ले प्रस्तुत गरेका थिये त्यसतै लेखा प्रतिवेदन यश संस्थाको लेखा सन्योजक नितु शिला ले प्रस्तुत गर्नु भएको थियो र यश संस्थाको प्रवन्धक दिलीप कुमार कर्णले प्रबन्धक प्रतिवेदन प्रस्तुत गरेका थिये ।
यस सधारण सभामा प्रमुख अतिथी सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरी प्रसाद कलवार ले सभालाई सम्बोधन गर्दै वाहाले बताउनु भयो को यो संस्थाले यति कम समयमा ठूलो प्रगती गरि झन १७ करोडको कारोवार गरेकोले बधाईको पात्र छ । साथै यो संस्थाले आफुले किनेको चार कठा जग्गामा संस्थाको भवन निर्माण गर्न लक्ष्य राखेको हुदा अगामी सधारण सभा आफ्नै भवनको पारङणमा होस भने सिम्रौनगढ नगरपालिकाले सकदो सहयोग गर्ने छ ।
अर्को वक्ता बिशिस्ट अतिथी कृषि ज्ञान केन्द्र बारा कलैयाको प्रमुख राजनरायण साहले यान्त्रीकरण र बजारीकरणमामा जोड दिनु भयो । याहा युवा शक्ति पलायण भएको हाम्रो देशमा अब हामी युवा जन शक्तीको अभावले यान्त्रीकरणमा जानू पर्छ साथै हामी उत्पादन गरेको समान बेच्न र उधारो बेच्न न परोस भन्ने बजारी करणको आवश्यकता छ जुन कि तपाईं को प्रयासले यो संस्था बजारिकरणमा जान सक्छ ।
त्यसतै शुभकामना दिनेमा साना किसान किसान कृषि सहकारी संस्था बाराको अध्यक्ष मिश्रीलाल सहनी , सपही को प्रबन्धक अरुण चौधरी, मधुबनको उपाध्यक्ष रामएकवाल चौधरी लगायेत ले शुभकामना मन्तब्य दिनु भएको थियो । सो अवसरमा १६ जना लाई पुरुस्कार र प्रमाणपत्र दिईयेको थियो ।
सानाकिसान सहकारी कृषि सहकारी संस्था सिम्रौनगढ - ६ को सधारण सभा मा २०६ समुहको ११५६ सदस्य र स्थानीय भद्रभलादमीको सहभागिता रहेको थियो ।
संस्थाको उप प्रबन्ध्स्क पशुपती कुमारीले स्वागत गर्नु भयेकी यो सधारण सभाको सहजीकरण संस्थाको प्रबन्धक दिलिप कुमारले गर्नु भएको थियो ।




