सिम्रौनगढमा माटो लिन गयेका माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु छव जना घाईते । ।


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

बाराको सोम्रौनगढ - ६ स्थित  माटो कोडन गयेका ब्यक्तीहरु माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु र १० जना घाईते भएका छन । 

मृत्यु हुनेमा  सिम्रौनगढ  -५ दसरथ महतो नुनिया को श्रीमती  वर्ष ७० कि शारदा देबि नुनियालाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया लै जादा बाटोमा मृत्यु भएको   र  सो ही गाउ निवासी    राजेश्वर महतो नुनियाको छोरा वर्ष -१५ को निरहुआ भन्ने  सुनिल महतो नुनिया लाई  उपचारको लागि कलैया मेट्रो अस्पताल  लैजादा  डाक्टरले मृत्यु भएको  घोसित गरिदियो 


दीपाउली नजिक हुदा घर आङ्गण निप पोत र सफा गर्न माटो लिन सिम्रौनगढ नगरपालिका को नया प्रसाशनिक भवन नजिक रहेको ढिस्कोमा माटो खन्नी रहेको बेला एक्कासी माटोको ढिस्को खस्दा उनीहरु पुरिये का थिये ।हल्ला हुदा  ईलाका प्रहरी कर्यालय सिम्रौनगढ को प्रहरी१४ जवान   र सशस्त्र प्रहरी  बो ओ पी गोलागन्जको प्रहरी  ७ जवान र स्थानिय्वासिहरु उधारको  लागि पुगेका थिये ।जे सि बी को माध्यम ले सबै लाई   निकाले पनि सख्त घाईते ६ जनालाई कलैया अस्पताल  पठाईयेको थियो ।

त्यस्तै ढिस्कोमा पुरी घाईते हुनेहरुमा  सिम्रौनगढ -६   सानो ईटवाल निवासी बिश्वनाथ महतो नुनियाको छोरा सजन महतो नुनियाको उपचार सिम्रौनगढ स्थित कन्काली क्लिनिकमा भैइ रहेको र उसको खुटामा चोट लागेको छ । सिम्रौनगढ - ६ अमरपुर निवासी सन्तोष मुखियाको छोरा वर्ष १७ को गौतम मुखिया को उपचार कलौयामा भैइरहेको र उसको हात खुटा भाचेको यसै गरि सिम्रौनगढ -५ सानो ईटवाल निवासी  बृजकिशोर महतो नुनियाको छोरी वर्ष -१४ कि रानी कुमारी को उपचार सिम्रौनगढ स्थित धरमलाल क्लीनिकमा र उसको हात खुटामा चोट लागेको  छ । त्यस्तै सिम्रौनगढ -५ लक्षमी महतो नुनियाको छोरी वर्ष १५ कि सुशिलाकुमारी  महतो र उसको उपचार  धर्मलाल क्लिनिक सिम्रौनगढमा भैइ रहेको हात खुटामा चोट लागेको  छ  र सिम्रौनगढ -५ सानो ईटवाल निवासी प्रभु शर्माको छोरा राजाबाबु शर्माको कम्मरमा चोट लागेको छ र उसको उपचार धर्मलाल क्लिनिक सिम्रौनगढमा भैइरहेको सिम्रौनगढ प्रहरी ले जनायेका छन ।

आज ८ बजे भएको  यो दुर्घटना बेला सो स्थानमा लगभग२० जना माटो निकाली रहेको थियो दुर्घटना हुन साथ धेरै जना जान जोगाई भाग्न सफल भएका प्रत्यक्षदर्शीहरुले बतायेका छन ।

यो स्थान सिम्रौनगढको एतिहासिक बान्ड्री रहेको छ जहा र याहा पहेलो माटो निस्कने गर्छन ।जुन माटो लाई स्थानियेवासिहरुले घर निप पोत गर्न वर्षो देखि प्रयोगमा ल्याई रहेको छ । यो स्थान वरिपरि एतिहासिक महत्वका बस्तुहरु ईटको गोला ,डढेको चामल सधै निस्कदै रहन्छ ।यश स्थानमा  नेपाल सरकार  , नगरपालिका र वार्ड समेतले बेला बखत रोक लगाये पनि मानिसहरु न मानी माटो कोडदै आई रहेको बुझिन्छ । यहाँ बाट सिम्रौनगढ , जानकी नगर , अमृतगन्ज  सानो ईट्वाल लगायेत गाउका  मानिसहरु छठ दीपाउलीमा माटो कोडदै आईरहेको छ ।

Post a Comment

Previous Post Next Post