रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
साना किसान कृषि सहकारी संस्था लि. कचोर्वा -८ को ५ चौ वार्सिक सधारण सभा आज कचोर्वा -८ स्थित दुर्गा मन्दिरको पारङ्गणमा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष पारबती देबी यादवको अध्यक्षतामा भएको यस सधारण सभामा अध्यक्षको प्रतिवेदन ,लेखा प्रतिवेदन र प्रबन्धक प्रतिवेदन पेस गरियेको थियो । अध्यक्षको प्रतिवेदन संस्थाको अध्यक्ष पारबती देबी यादव ले प्रस्तुत गरेका थिये त्यसतै लेखा प्रतिवेदन यश संस्थाको लेखा सन्योजक कुमारी कृष्णा ले प्रस्तुत गर्नु भएको थियो र यश संस्थाको प्रवन्धक पनीलाल कुमार यादव ले प्रबन्धक प्रतिवेदन प्रस्तुत गरेका थिये ।
यस सधारण सभामा प्रमुख अतिथी सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरी प्रसाद कलवार ले सभालाई सम्बोधन गर्दै वाहाले बताउनु भयो कि यो संस्थाले यति कम समयमा ठूलो प्रगती गरि लाखौआमदनी गरेको यो तपाईहरुको मेहनतको प्रतिफल हो ।सिम्रौनगढ नगरपालिका वार्ड न ८ ले यश संस्थाको भवन निर्माण गर्न जुन जग्गा दिईयेको छ सो जग्गामामा संस्थाको भवन निर्माण गर्न सिम्रौनगढ नगरपालिका द्वारा सहयोग गरिने बताउनु भयो ।वाहाले अगाडि बताउनु भयो कि यति ठूलो सख्यामा यो संस्थामा सदस्यहरु छन सबैले अरु ठाउमा बचत न गरि यो संस्थामा वचन गरे यसको प्रगरी झन बढने छ ।
यश अवसरमा शुभ कामना बिचार दिनेहरुमा बिशिस्ट अतिथी सिम्रौनगढ नगरपालिका वार्ड न. ८ को वार्ड अध्यक्ष रामदिनेश प्रसाद यादव , साना किसान कृषि संघ काे अध्यक्ष मिश्रीलाल सहनी , बारा जिल्ला बचत तथा रिण सहकारी संघ को सन्चालक सदस्य रामएकवाल प्रसाद यादव ,सानाकिसान कृषि सहकारी सस्था तेतरियाको प्रबन्धक भुपेन्द्र चौधरी , कान्ति देबी ,नमस्ते नेपाल सहकारी सस्था सिम्रौनगढ -६ को अध्यक्ष सुरेश प्रसाद यादव लगायेतका रहेका छन ।
सो अवसरमा ८ जना लाई पुरुस्कार र प्रमाणपत्र दिईयेको थियो ।
साना किसान कृषि सहकारी संस्था सिम्रौनगढ -८ कचोर्वा को सधारण सभा मा १५४समुहको ७६७ सदस्य र स्थानीय भद्रभलादमीको सहभागिता रहेको थियो ।
संस्थाको सदस्य सुनिता देबी यादव ले स्वागत गर्नु भयेकी यो सधारण सभाको सहजीकरण संस्थाको प्रबन्धक पनीलाल यादवले गर्नु भएको थियो ।



