रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ वार्ड न. ६ सिम्रौनगढ बजार देखि पुर्ब बाट बगेको कुलो( पैनी)को पानीले बजार डुबानमा पर्न बाट जोगियेको छ ।
कन्काली पुल चौक को मुख्य बाटोमा रहेको पुलमा पहिले जम्मा रहेको कुडा कडकट र हाल सो कुलो भएर बग्दै आयेको खर पतवार र कुम्भैईन झार पदवारले पुलमा जाम हुन साथ कुलोको पानी बजारमा पस्न थाले पछि वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद को पहलमा पुलमा भएको जे सि बी ले जाम छुडाउन साथ पानीले निकास पाई बजार डुबानमा पर्न बाट जोगियेको छ ।
सिम्रौनगढ बजार डुबानमा परि रहेको बेला नगरपालिकामा जानकारी गराउदा जे सि बी चालक र नगर प्रहरी कुनै वास्ता गरेन अंतमा म आफ्नो निजी श्रोतबाट जे सि बी मंगाई पानीलाई निकास गरायेका वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जयसवालले जानकारी गराउनु भयो ।




