जनताको लागि वरदान रहेको सिम्रौनगढ नगर अस्पताल हाल दिवालिया हुदै गयेको ।



 रामेश्वर  मेहता/ तिरहुत साप्ताहिक  ।
बाराको सिम्रौनगढ  वासिमा वरदान स्वरुप रहेको सिम्रौनगढ नगर अस्पताल  हाल दिवालिया हुँदै  गयेको छ ।
सिम्रौनगढ -६ टोल सिम्रौनगढ मा रहेको यो अस्पतालमा हाल ओ पी टी सेवा बाहेक कुनै पनि सेवा संचालनमा न  रहेको सेवाग्राहीहरुले बतायेका  छन ।  २०७ ८ साल जेस्ट २१  गतेमा उदघाटन भएको  र सो बेला सबै सेवा सुबिधा सप्पन्न रही  दिनरात २४ घन्टा  सेवा दी  चली आईरहेको   थियो तर यता डेढ साल देखि यो अस्पतालमा मात्र दिनमा ओ पी टी सेवा सन्चालनमा रहेको छ । तथा यो  दिवालिया भई एवाग्राहीको लागि अभिसाप भएको  छ ।
१५ स्याको रहेको यो नगर अस्पतालमा   दुई एम बी बी एस डाक्टर जितेन्द्र यादव र डा. चन्दन कुशवाहा लयायेत याहाका ११ कर्मचारी कार्यरत छन र वाहाहरुको अधिकतर समय सेवाग्राहीहरुको अभावमा खेर गयिरहेको जनाईयेको छ । पहिले सेवाग्राही लगभग १०० जनाको  चाप रहदा पनि हाल मुस्किलले १० देखि १५ जना रहेको अस्पताल श्रोतले बतायेका छन । सुखी सम्पन्न ब्यक्तिहरु आफ्नो सुबिधा अनुसार निजि अस्पताल र बाहिर गयेर उपचार गराई लिन्छ तर सब भन्दा बढी समस्या त गरिब जनताहरुलाइ भएको  छ जुन कि यसै अस्पताल माथी निर्भर  रहेको थियो । यहा औषधि को अभाव र लैब , भिडियो एक्सरे ,एक्सरे सबै बन्द रहेको छ । उपयुुक्त सेवाहरु सन्चालनको लागि बजटको अभावले यो समस्या उत्पन भएको  नगर अस्पतालको सन्योजक जयनरायण प्रसाद यादवले बताउनु भयो । यश सम्बन्ध मा सिम्रौनगढ नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद कलवारले बताउनु भयो कि आफ्सी द्वन्द र उप मेयर द्वारा अदालतमा मुदा गरेकाले पुजिगत खर्च रोकिदा यो  समस्या उत्पन्न भएको बताउनु भयो ।

Post a Comment

Previous Post Next Post