रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ नजिक भारतको सिमावर्तित घोडासहन बस स्टेन्डबाट गयेराती ५ वटा बिदेशी नागरिकलाई घोडासह थाना प्रहरी र एस. एस. बी. ले पक्राउ गरेका छन ।
यी पाच जना मा ४ सुडानको र एक जना बोलिबिया को नागरिक रहेका छन ।जस अनुसार सुडानका ४४ वर्षिये अब्दुल फितह , सुडानका ३८ वर्षिये रमा सिद्धकी , सुडानका २७ वर्षिये अली अब्दुल गफ्फार , सुडानका ३७ वर्षिये अहमद डेफ आला र बोलिबियाको ३२ वर्षिये मिगुएल सोलानो पावेज रहेका छन ।
उनीहरु बाराको सिम्रौनगढ नजिक सिमावर्तितको अगर्वा बाट गाउले बाटो भई प्रवेश गरेको बुझियेको छ । उनिहरु सनिवार राती ९ बजे घोडासहनबाट जयमातादी बसले पटना जाने तैयारीमा थियो कि प्रहरीले गुप्त सुचनाको अधारमा घेराहाली पक्राउ गरेका छन । उनिहरु माथी आवश्यक पुछताछ र छानबिन भई रहेको सिकरहना अनुमण्डल को डी. एस. पी. उदय शंकर ले जानकारी गराउनु भयो ।
त्यस्तै नेपालको सिमावर्तित क्षेत्रमा अरु बिदेशी नागरिक लुकेका हुने शंका गरियेको छ ।

