रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बडा दशै सुरु लगतै घट्स्थापनको पुर्ब सन्ध्यामाआईतवार बाराको सिम्रौनगढ स्थित प्रसिद्ध कंकाली मन्दिर परिसरमा आज बृहद सर सफाई भएको छ ।
उक्त सरसफाई आज कन्काली माई मन्दिर , मन्साराम समाधी स्थल , त्रीलोकीनाथ , पार्बती मन्दिर ,भैरव नाथ , बिश्वक्र्मा मन्दिर वरिपरि बस पार्क क्षेत्रमा सरसफाई भएको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ को आयोजनामा भएको यो सरसफाईमा सशस्त्र प्रहरी बल बि ओ पी गोलागन्ज , नगर प्रहरी सिम्रौनगढ नगरपालिका , उघोग वाणिज्य सघ सिम्रौनगढ र उतम पब्लिक स्कुल सिम्रौनगढ्को सहभागिता रहेको थियो ।
