रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढमा पनि आज जेन- जी को आन्दोलन सुरु भएको छ ।
युवाहरुल्ले सिम्रौनगढ बस पार्कमा जम्मा भई त्याहा बाट सुरु भएको जुलुस प्रदर्शन सरकार र प्रधान मन्त्री ओली बिरुद्ध चर्को नारा लगाउदै पुरै सिम्रौनगढ बजार परिक्रमा गरेका थिये ।
सिम्रौनगढमा युवाहरुले ईलाका प्रहरी कार्यालय सिम्रौनगढ गेट नीर पुगी नारा लगायेका थिये साथै केही बेर बाटोमा बसि मेन बाटो अवरोध गरेका थिये र सिम्रौनगढ बजार बन्द गराउदै नगरपालिकाको गेट मुनि कोण सभा गरेका थिये ।त्यस्तै जेन - जी को आन्दोलन आदर्श कोतवालमा पनि भएको छ । युवाहरु आदर्श कोतवाल गाउपालिका नजिक सरकार बिरुद्ध नारा जुलुस गरेका थिये ।
