रामेश्वर मेहता / तिरहुत साप्ताहिक बाराको सिम्रौनगढमा सिचाई गर्न राखियेका बिधुतिये मोटरबाट क्रेन्ट लागेर हिजो र आज गरि दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ ७ टोल झवानी निवासी कमोद राम कि श्रीमती वर्ष ४५ कि कैलसिया देबीराम रहेकी छिन । शुक्रवार ११:३० बजे खेतमा काम गरि रहेको बेला खेतमा जडान भएको मोटरको तार कटेको हुदा क्रेन्ट लिक भई निजको जिवमा टासिदा उनको मृत्यु भएको जनाईयेको छ । त्यस्तै हिजो १२ गते क्रेन्ट लागेर नै मृत्यु हुने मा सिम्रौनगढ -२ टोल अमृतगन्ज निवासी वर्ष ६५ को रामेश्वर महतो कुशवाहा रहेका छन ।उनी आफ्नै बारीमा जडान गरेको बिधुतिये मोटरमा सिचाई गर्न पानी हाल्न जादा क्रेन्ट लागि मृत्यु भएको छ । दुबै जनाको सव पोस्टमार्टमको लागि कलैया पठाईयेको ई.प्र .का. सिम्रौनगढ ले जनायेका छन !
