रामेश्वर मेहता / तिरहुत साप्ताहिक
भुमी समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज बाराको सिम्रौनगढ नगरपालिकाको सभा कक्षमा सप्पन्न भएको छन ।
सिम्रौनगढ नगरपालिका ५ को वार्ड अध्यक्ष शिवमङ्गल प्रसाद कुशवाहाको अध्यक्षता भएको यश कार्यक्रममा भुमी समस्या समाधानको लागि नगर स्तरिये र वार्ड स्तरिये सहजिकरण समिती गठन गरि भुमी समस्या समाधान लाई सहज बनाउने ।तथा वार्डमा उपलब्ध गराईयेको फार्म लाई कुन ब्यक्तीलाई फार्म भर्न मिल्ने र कुन ब्यक्तिलाई न मिल्ने त्यस्तै कुन जमिन दिन मिल्ने र कुन जमिन दिन न मिल्ने लगायेत भुमिहिन र सुकुमबासिको कुरामा व्यापक छलफल गरियो ।
प्रमुख अतिथी भुमी समस्या समाधान जिल्ला कार्य समिती बारा को अध्यक्ष भरत बहादुर घले , सचिव सुबोध कुमार यादव र सदस्य कलाउती पासवान्सको टोलीले कार्यक्रम मा सहजी करण गर्नु भएको थियो ।
कार्यक्रममा सिम्रौनगढ नगरपालिका -७ को अध्यक्ष बिवेक मेहता, ९ को रामेकवाल प्रसाद यादव , -६ को नन्दकिशोर प्रसाद जयसवाल, -२ को अरबिन्द मुखिया लगायेत अरु जनप्रतिनिधी , शिक्षक , राजनिती दल प्रतिनिधि , समाजसेवी , सघ सस्थाका प्रतिनिधि र स्थानिये कर्मचारी स्थानीय भद्रभलादमी हरुको सहभागिता रहेको थियो ।

