रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
भदौको कृष्ण पक्ष त्रेयोदशी तिथिको अवसरमा बाराको सिम्रौनगढ नगरपालिकाको भिभिन्न शिव मन्दिरहरुमा जलाभिषेक भएको र मेला पनि लागेको छ ।
यश अवसरमा सिम्रौनगढ अन्तरगतका अन्तरगत सिम्रौनगढ ,झवानी ,खजानी, अमृतगन्ज , नैकाटोला, हरिहरपुर , देवापुर टेटा ,भगवानपुर ,ककोर्वा लगायेतका शिव मन्दिरहरुमा जलाभिषेक भएको छ ।बोलबम का ठूलो कावर ,सानो कावर बोकेका कवरिया बोलबमहरु ,गङ्गा नदि कमला नदी, बागमती नदी त्रीवेणी नदी नुनथर बाट जलबोझी गरि आफ्नो पायक शिवमन्दिरहरुमा जल रिसाल गरेको छ। त्यस्तै स्थानीय महिला पुरुष भक्तजनहरु आज बिहानै देखि शिव मन्दिरहरुमा जल रिषाल गरेको छ । यश अवसरमा सिम्रौनगढ बजार , नैकाटोला ,झवानी , हरिहरपुर , मा मेला लागेको छ ।
