रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बहु बिवाह बैधिकरण प्रयास बिरुद्ध आज बाराको सिम्रौनगढ बजारमा जुलुस प्रदर्शन भएको छ ।
सिम्रौनगध स्थित कंकाली मन्दिरको पारगणबाट विभिन्न नारा जुलुस गर्दै निस्केका जुलुस सिम्रौनगढ ईलाका प्रसासन हुँदै पुरै सिम्रौनगढ परिक्रमा गरेका थिये ।
स्थानिये समाज सेविका फुलपती देबिको नेतृत्वमा निस्केका सो जुलुसमा १५० जना महिलाहरुको सहभागिता रहेको थियो ।
भागवती महिला समूह सिम्रौनगढ -६ र नागरिक बिकास शंघर्षशिल संस्थासिम्रौनगढ -४ को आयोजनामा निस्केका थिये ।

