जनकपुरमा नेपाल रेलवेले कारलाई दियो ठक्कर / तिनजना ब्यक्ती घाइते ।


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

नेपाल रेलवे र कार बिच जनकपुरमा  भएको ठक्कर मा तीन जना ब्यक्ति घाईते भएको  छ ।

जनकपुर  उपमहानगरपालिका–९ ब्रह्मपुरी स्थित थापा चोक नजिक आज बिहान ८ः३० बजेको समयमा रेल र कार ठोकियेको थियो जसमा  ठूलो दुर्घटना टरेका छन 


महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधाम तर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको कार क्रसिङ एरियामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले बताए ।


प्रत्यक्षदर्शीका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज सुनिएको थियो । कारमा सवार तीन जनालाई सामान्य चोटपटक लागेर घाइते भएको छ भने कारमा ठूलो क्षति भएको छ ।



दुर्घटनापछि रेल सेवा केही समय सम्म अवरुद्ध भएको थियो । धनुषा प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको डिएसपी सिंह ले जानकारी गराउनु भयो ।( टी तराई ट्प )

Post a Comment

Previous Post Next Post