घोडासहन किराना पसलमा डकैती ।६ लाखको लुट


  रामेश्वर मेहता ।तिरहुत साप्ताहिक  ।

 बाराको सिम्रौनगढ नजिक सिमावर्तित भारतको घोडासहन शहर को श्रीपुर स्थित अपन टेडर्स को मालिक श्री भगवानको किराना   पसलबाट  अज्ञात   लुटेराहरुले पाच मिनेटमा ६ लाख रुपैया लुटेर फरार भएको  छ ।

सनिवार राती ९:३० बजे समान लोड र अनलोड भैइ रहेको बेला  कालो बुलेट मोटरसाइकलमा एक्कासी ४ जनाकोसमुहमा पेसतोल सहित  आयेका नकाबपोश अपराधिहरु पसलमा पगि  गल्लाबाट ६ लाख रुपैया निकाली पिस्तोल देखाउदै  फरार भएको  पिडित श्रीभगवान केसरीले बताउनु भयो ।

सुचना पाउन साथ सिकरहनाका  एस . डी. पी. ओ. अशोक कुमार रातमा नै पुगी जाँच गर्दै घटना बारे जानकारी लियेका थिये । सि सि टी भी  पनि देख्दै सबै तकनिकी बिन्दुहरु माथी अन्सन्धान हुने र अपराधिहरुलाई कुनै हालतमा छोडिने छैन बताउनु भयो ।



Post a Comment

Previous Post Next Post