रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
४ हजार ८ सयको प्रतिबन्धित लागू औषधको एम्पुल साथ सिम्रौनगढको प्रहरीले दुई जनलाई नियन्त्रणमा लियेको छ ।
बाराको सिम्रौनगढ प्रहरी चौकी कचोर्वा बाट प्र ना नी सोम प्रसाद रिमालको कमाण्डमा खटियेको प्रहरीले शंका लाग्दा मङलवार दिउसो दुई बजे भारतबाट नेपाल भित्रीयाई रहेको ज ८ प ५४२१ नम्बरको मोटरसाइकलमा सवार दुई जानालाई चेक जाच गर्दा निम्न अनुसारको लागू औषधको क्याप्सुल बरामद गरेको छ ।जस अनुसार नोफिन १६०० पिस , फिरागण १६०० पिस , डाईजो पाम १६०० पिस जम्मा ४८०० पिस रहेको छ ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक जिल्ला सर्लाही रामन्नगर गाअ
गाउपालिका १ धुर्वा टोल निवासी वर्ष २७ को राजेश गुप्ता , मोटरसाइकलको पछाडी बस्ने जिल्ला बारा
जित पुर उप महानगरपालिका ७ खडका टोल निवासी वर्ष २४ को नसिर अन्सारी रहेको छ ।
उनिहरुलाई नियन्त्रणमा ली अनसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायेको छ ।
