रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ बजार का ब्यपारी एव कृषकहरु प्रहरी ज्यादतिको बिरुद्धमा आज बिहीवार देखि सिम्रौनगढ बजार बन्दागरी आन्दोलन् सुरु गरेका छन ।
यश सम्बन्ध मा आज यहाका ब्यापारी एव कृशकहरु सिम्रौनगढ को विभिन्न ठउमा टायर बाली नारा जुलुस गर्दै पसलहरु बन्द गरेका छन । उनीहरु नारामा प्रहरी ज्यादती मुर्दावाद , छोटी भसार सिम्रौनगढ सन्चालन गर , सिम्रौनगढ छोटी भन्सारको स्तोर्नती गर, मल खाद बीउ उप्लब्ध गर लगायेतका नाराहरु लगायेका थिये ।
मधेशमा अचेल अत्यधिक गर्मी र सुखा ( खडेरी ) को समस्याले जनताहरु ग्रसित छन यसमा पनि यहा ७० प्रतिसत खेती भएको छैन केही आफ्नो कृतिम श्रोत साधनले खेती गरे पनि मल बीउ खाद र कृषि औषधको अभाव छन । यता सिम्रौनगढ छोटी भन्सारको स्तोर्नती र सन्साचालन न हुदा याहाका ब्यापारीहरु समस्यामा परेका छन । किन कि ब्यपारीहरु बीरगन्ज र गौर भन्सार धाउन पर्दा थप ढुवानी महगो परेकाले उपभोगताहरु अरु ठाउमा धाउन पर्दा सिम्रौनगढ बजार मन्द एव फेल भयेकाछन । त्यसमा पनि सशस्त्र , जनपद , केन्द्र, प्रदेश ,जिल्ला र स्थानीय घुमवा प्रहरीले कृषक र ब्यापारीहरुलाई बेवजह हैरान गरेका यहाका ब्यपारीहरु बतायेकाछन । उपयुक्त समस्याको कारण हामी आफ्समा छलफल गरि आन्दोलनमा जानू परेको बारा उधोग वानिज्य सघ सिम्रौनगढको अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले बताउनु भयो । हाम्रो मागमा सिम्रौनगढ छोटी भन्सार संचालन गर , कृषकहरुको मल खाद उपलब्ध गर , प्रहरी ज्यादती बन्दगर । त्यस्तै हाम्रो माग सम्बोधन भयेन भन्ने भोलि बिहीबार देखि थप आन्दोलन बिस्तार गर्दै चक्का जाम गरेने रहेको कुशवाहाले बताउनु भएको छ ।


