श्रीकंकाली मा. वि. का छात्र छात्राहरु पुरस्कृत ।

रामेश्वर मेहता / तिरहुत साप्ताहिक  


 बाराको सिम्रौनगढ नगरपालिका -७ स्थित श्रीकन्काली मा. बि. का छात्र छात्राहरुलाई आज एउटा  समारोह बिच सम्मान एव पुरस्कृत गरियेको छ ।

यश सम्बन्धमा २०८०  SEE  परिक्षामा उत्कृष्ट नम्बर  ल्याये बापत एक जना छात्र र ४ जना छात्रा सहित ५ जाना पुरिष्कृत गरियेको छ 

पुरस्कार पाउनेहरुमा रन्जना साह ,प्रीती कुमारी साह ,लौकेश जयसवाल ,शिवानी सिह ,र सोनी कुशवाहा रहेका छन ।


छात्र छात्राहरुलाई पुरुस्कार स्वरुप एक एक साईकिल र स्कुल बैग दिईयेको छ । 

कार्यक्रम  सिम्रौनगढ नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद कलवारको प्रमुख आतिथ्य र बिधालय ब्यवस्थापन समिती को अध्यक्ष  मदन कुशवाहस्को अध्यक्षतामा भएको  थियो ।

श्री कन्काली बिधालय ब्यवस्थापन समितीको आयोजनामा भएको यो पुरुस्कार कार्यक्रममा  उप मेयर नज्मु सेहर  प्रमुख प्रशासकिये अधिकृत मदन कुमार थापा , मुकेश साह ,भुनेश्वर कुश्वाहा , सुरेश कुशवाहा  प्र अ रिसभदेव  ठाकुर , अभिभावक , शिक्ष्क र छात्र छात्राहरुको उपस्थिती रहेको थियो ।

शिक्षक शुभाष गीरीले स्वागत गर्नु भएको यो सम्मान र पुरस्कार कार्यक्रम्को संचालन   शिक्षक ओमप्रकाश गुप्ताले गरेका थिये ।


Post a Comment

Previous Post Next Post