रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ नगरपालिकामा शुक्रवार १२ बजे पुन: झडप र कुटाकुट भएको छ ।
सिम्रौनगढ नगरपालिकाको कार्यालय चली रहेको को बेला एक्कासी सिम्रौनगढ नगरपालिकाको पुर्ब प्रसाशकिये अधिकृत हरिओम प्रसाद जयसवाल चार जनाको समुहमा प्रसासन शखा कक्षमा पुगी म प्रसासन शखा प्रमुख भोजेन्द्र प्रसाद चौधरी शीत मेरो हाजिर किन काटेको भन्दै कालर समातेर कुटपिट गरेको र मैले लगायेको दुई तोलाको सिकडी समेत लगेको प्रसासन शखा प्रमुख भोजेन्द्र प्रसाद चौधरी ले बताउनु भयो ।
त्यस्तै त्यहाबाट नगर प्रमुख किशोरी प्रसाद कलवारको बैठक कक्षको गेट नीर पुगी मेयरलाई पनि जुता देखाई गाली ग्लोज गरि दुर्व्यवहार गर्न खोजेको प्रत्यक्षदर्शिहरुले बतायेका छन ।
पछी होहल्ला हुदा हरिओम प्रसाद जयसवाल त्याहाबाट भाग्नु भयो तथा वहा साथ आयेका एक जना ब्यक्ति छुट्यो र उ आफ्नो जान जोगाउन नजिकको शिव शक्ति औषधि पसलमा भागेर लुक्यो ।पछी ईप्रका सिम्रौनगढबाट प्रहरी आई वाहालाई लगेको जनाईयेको छ ।
यस सम्बन्धमा पुर्ब प्रसाशकिये अधिकृत हरिओम प्रसाद जयसवाल सग सम्पर्क गर्दा वाहाले बताउनु भयो कि म माथी लगाईयेको आरोपहरु सबै झुठो हो त्यसमा कुनै सत्यता छैन बरु म आफ्नो हाजिर बनाउन नगरपालिकामा गयेको बेला नगरप्रमुख किशोरी प्रसाद कलवारको बाउन्सरहरु मलाई कुटपिट गर्न खोज्दा म आफनो जान जोगाउन त्यहा बाट भागेको र म सगै रहेका मेरो सालोलाई कुट पिट गरेको पछी प्रहरी आई नियन्त्रणमा लिदा वाहा बाच्नु भएको बताउनु भएको छ ।
सिम्रौनगढका नगरपालिका को पुर्ब प्रमुख प्रशासकिये अधिकृथ हरिओम प्रसाद जयसवाल सातौ तहको कर्मचारीको हसियतले यहा प्रमुख प्रसाशकिये अधिकृतको रुपमा कार्यरत रहनु भएको थियो पछी दसौ तहको को कर्मचारी अउदा वाहाको सो पद गयेको थियो ।
त्यस्तै यहा यो सिम्रौनगढ नगरपालिकामा बराबर जुता चपल काण्ड कुटा कुट हुँदै आउनु संजाेग न भई बानी परेको बुझियेको छ ।
