रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ -३ टोल जोलाही टोलामा गये सोमवार बिहान आगो लाग्दा २४ लाख बराबरको क्षति भएको छ ।
स्थानिये हफिज मिया अन्सारीको घरमा एक्कासी आगो लागदा घरमा रहेका ४ वटा पलंग , -२ अलमारी , ट्रेक्टर र जि सि बी को पार्ट पुर्जा कागजातहरु ,सिमेन्ट १०० बोरा ,गहनाहरु , खद्धान र नगद ४ लाख २२ हजार लगायेत सखुवाको काठ्हरु र लता कपडाहरु जलेर खरानी भएको पिडित हफिज अन्सारी को छोरा मुन्ना अन्सारीले बताउनु ।
आगोलाई नियन्त्रण गर्न महा गढीमाई नगरपालिका को वारुण यन्त्र , स्थानिये बैरिया प्रहरी चौकीको प्रहरी र स्थानियेवासिहरुले आगोलाई नियन्त्रणमा लियेको स्थानिये प्रहरीले जनायेका छन ।
आगो कसरी लाग्यो थाह न भये पनि घरकै नजिक खेतमा एउटा तेलको जरकिन फेला परेको पिडित हफिज मियाको छोरा मुना अन्सारी ले बताउनु भयो ।
