सिम्रौनगढमा पचास वर्ष देखि बनी रहेको हनुमान मन्दिरको प्राण प्रतिष्ठा भएको छ।


रामेश्वर मेहता / तिरहुत साप्ताहिक  

 सुन्दा आश्चर्य जस्तो लाग्छ तर कुरा अथार्थ हो ।बिगत ५० साल देखि निर्माणाधीन बाराको सिम्रौनगढ वानर गाछी स्थितको हनुमान मन्दिर बल्ल २०८२मा तैयार भई २०८२/ २/२२ गते बिहीवार को दिन ४ बजेर २९ मिनट २९ सकेन्डमा   प्राण प्रतिष्ठा भएको छ  । 



 महिला पुरुषहरुको ठूलो उपस्थितिमा पन्डित रामकिशोर  पाण्डे ले बिधिवत पुजा गराई हनुमान जी को प्राण प्रतिष्टा गरायेका छन । जसको मुख्य पुजामा स्थानिय अजित कुमार महतो नुनिया  र वाहाको श्रीमती बसेका थिये ।प्राणप्रतिष्ठा हुने बितिकै स्थानिये वासिमा खुशिको लहर छायेको छ । महिला पुरुष बाल बालिका  सबै खुशिले हनुमान जी को  जयकाराको नारा लगायेका थिय ।

यो मन्दिर को स्थान मा ठूलो आपको फुलवारी थियो जहा सकडौ बादरहरु को बास स्थान थियो र यो फुलवारीलाई बन्दरवा गाछी नामले प्रचलित थियो । तथा यही स्थानमा हनुमान मन्दिर बनाउन उपयुक्त हुन्छ भनी रामजी शर्मा भन्ने भक्तजनको सल्लाहमा  यहा २०३३ सालमा स्थानिय वासी  स्व. हरिहर महतो नुनियाको अध्यक्षतामा सर्जुग महतो नुनिया लगायेतका स्थस्नियेवासिहरुले सन्त रामाकान्त दास द्वारा सिलान्यास गरायेका थिये । केहिदिन पछी जुन कि सो बेला याहा युवक संगठन का सदस्यहरु बिमल किशोर मल्लिक , नागेन्द्र महतो नुनिया , सैनुल अन्सारी ,रामेश्वर प्रसाद स्व. जियालाल साह लगायेतका स्थस्नियेवासिहरुले मन्दिरको निव सम्म उठायेका थिय ।बिस्तारै बिस्तारै केही सालको अन्तराल पछी गाबिसको सहयोगमा पिलर सम्म उठाईयो  ।फेरि  देशमा लोकतन्त्र आयो र नगरपालिका हुनै बितिकै बिरगन्ज बाट निस्कने पत्रीका प्रतीक दैनिक ले बारम्बार  समाचार लिख्दा लिख्दै नगरपालिका को ध्यान आकर्षण भयो र हनुमान मन्दिरमा आज प्राण प्रतिष्ठा भएको  छ ।

यश सम्बन्मा सिम्रौनगढ नगरपालिका - ६ को वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल पुर्ब वार्ड अध्यक्ष  शंकर साह  यहा रहेका कन्काली मन्दिर ब्यवस्थापन समिती का सदस्य र स्थानियेवासिहरु अरबिन्द महतो नुनिया ,रामजन्म कुशवाहा, मदन साह प्रमानन्द साह कलवार राजेश प्रजापती , जगदिश महतो नुनिया  सन्जय गुप्ता   र ब्यपारीहरुको सहयोगले विभिन्न कार्यक्रम साथ  प्राण प्रतिष्ठा गरायेकाछन ।


Post a Comment

Previous Post Next Post