टिपरले टकर दिदा सिम्रौनगढ -११ भगवानपुरमा एक जनाको मृत्यु ।/ टिपर चालक प्रहरी नियन्त्रणमा ।


रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

 बाराको सिम्रौनगढ -११ टोल भगवानपुरमा टिपरले ठक्कर  दिदा  एक जना ब्यक्ति को घटना स्थल मै मृत्यु भएको  छ । 

मृत्यु हुउनेमा बारा पचरौता -५ टोल सखुआट निवासी हिरालाल सहनी रहेको छ ।

भगवान पुर पोखरी नीर  उतर तर्फ गयी रहेको मोटर साईकिल

लाई पछाडिबाट आईरहेको टिपरले टक्कर दिदा मोटर साईकिल चालक हिरालाल सहनीको घटना स्थल मै मृत्यु भएको छ । टिपरले टक्कर दिदा सो  टिपर नजिको पोखरीमा पल्टियेको जनाईयेको छ ।

हुन त सुरुमा टिपर चालकको मृत्यु भएको  हल्ला सुनियो तर टिपर चालक सुरक्षित रहेको बुझियेको छ र टिपर चालक ईलाका प्रहरी कार्यालय  सिम्रौनगढ को नियन्त्रणमा रहेको प्रहरी श्रोत ले जनायेका छन ।



Post a Comment

Previous Post Next Post