रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ नगरपालिका मा आईतवार कृषकहरु आफ्नो बालीको क्षतिपूर्ति को माग गर्दै नगरपालिका को मेन गेटमा ताला लगायेका छन ।
बिगत बैसाख १४ गते बाराको सिम्रौनगढ क्षेत्रमा आयेको भिषण हावाहुरी, पानी र आसिनाले यश क्षेत्रका जनताहरुलाई ठूलो क्षति पुर्यायेका थिये । यश नगरपालिकामा जे जति क्षती भये पनि वार्ड न. १,२,७ टोल खजानी , ननसगरा ढाट , झवानी , मौवाही , नैका टोला अमृतगन्ज मा भारी क्षती पुर्यायी पुरै बालीनै सखाब पारेको थियो ।जसको स्थलगत निरीक्षण बारा बिपद ब्यवस्थापन समितिको जिल्ला अध्यक्ष बाराको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र बारा प्रहरी उपरीक्षक सन्तोष तमाङ्ग द्वारा गरियो । तथा वाहाहरुले कति क्षती भएको सो को सत्य तथ्य यकिन गरि नगरपालिका बिपद ब्यवस्थापन समिती मार्फ्त जिल्लामा पठाउने निर्देश भएको । सो अनुसारार हामीले क्षती भएको तथ्याङ्ग एक सय बिघा क्षेत्रफलमा एक करोड भन्दा बढीको क्षती भएको तथ्याङ्ग नगरपालिकामा पेश गरेको थिये । तथा यसको कार्यवनयन तर्फ जानलाई पटक पटक नगरपालिकामा पुगी अनुरोध गर्दा पनि कुनै चासो न लियेकोले बाध्य भैइ नगरपालिका को मेन गेटमा ताला मारी आन्दोलन र धर्ना तर्फ जानूपरेको कृषकहरुको अगुवा धुर्व प्रसाद कुशवाहाले बताउनु भयो । हाम्रो एउटै मांग हो आफ्नो बालीको क्षतिपूर्ति को माग । हाम्रो यो आन्दोलन शान्ति पुर्वक हो र जब सम्म हाम्रो माग पूरा हुदैन ,तब सम्म हाम्रो आन्दोलन जारी रहने छ ।
यश सम्बन्धमा सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरी प्रसाद कलवारले बताउनु भयो कि हामी नगरपालिका अन्तरगत गठन गरेको सर्वे समितिको रिपोर्ट आयेको छैन , सर्वे समितिको रिपोर्ट आउन साथ सबै कृषकहरुको मांग पूरा हुछ ।
त्यस्तै सर्वे समितिको अध्यक्ष वार्ड न. ६ को वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल ले बताउनु भयो कि नगरपालिकामा पेस भएको तथ्याङ्ग अधुरो रहेको छ केही गाउको रिपोर्ट आउनअझ बाकी रहेकोले रिपोर्ट आउन साथ कृषकहरुको माग निश्चितरुपले पूरा हुन्छ ।
