महा वाणिज्य दुतावासको काउन्सलर सिम्रौनगढमा


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

 बिरगन्ज स्थित माहा वाणिज्य दुतावासको  काउन्सलर  डी. एस. मीना  द्वारा आज  प्रसिद्ध एतिहासिक ,पर्यटकिये एव धार्मिक स्थल बारा सिम्रौनगढ को अवलोकण भ्रमण् भएको छ ।

वाहाले सिम्रौनगढ -2  अमृतगन्ज स्थित रानिवास भन्ने रामजानकी मन्दिर परिसर , सिम्रौनगढ-४ हरिहरपुरको तुलजा   भवानी भन्ने पलकियामाई क्षेत्र  ,सिम्रौनगढ -७ सिम्रौनगढ  स्थित कन्काली मन्दिर परिसर , पुरातात्त्विक मुर्तिहरु ,ईसरा पोखरी, सिम्रौनगढ -९ बसवरिया स्थित प्रसिद्ध ५२ बिघा  झरोखर पोखरी लगायेत क्षेत्रहरुको भ्रमण गर्नु भयो ।

भ्रमणको क्रममा वाहाले  सिम्रौनगढ मलाई सार्है मन परेको छ ।यहा  एतिहासिक ,पुरातात्त्विक , धार्मिक र पर्यटनको राम्रो साम्भावना रहेको छ यसलाई संरक्षण गर्न  जरुरी रहेको छ ।

भ्रमण टोलीमा दुतावासका पवन ग्रवाल ,ओ शान्तिका किशोरलाल राम,ओम प्रकाश ठाकुर  , नागरिक समाजका अरबिन्द कुशवाहा  ,उधोग वाणिज्य सघ सिम्रौनगढको अध्यक्ष  लालबाबु प्रसाद कुशवाहा स्थानीय सैनुल अन्सारी रहेका थिये ।


Post a Comment

Previous Post Next Post