रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
सिधाकुरा मेयर संग कार्यक्रम आज बाराको पचरौता नगरपालिका स्थित बेनौली बजारमा सम्पन्न भएको छ ।
न्युज 24 को आयोजना तथा पचरौता नगरपालिकाको सहयोगमा भएको यश कार्यक्रममा पचरौता भरीका जनताले आफ्नो मेयर जलान्धर सिह सग आफ्ना सुख दुख सिधा रुपले राख्न मौका पायेको छ ।
यश सम्बन्धमा आज ठूलो संख्यामा उपस्थित रहेको जनताहरुले आफ्नो मनमा लागेको जिज्ञासा र प्रश्नहरु मेयर समक्ष राखेका थिये र मेयरले पनि सबै र जिज्ञासाहरुको उतर दियेका थिये ।जनताहरुले शिक्षा ,स्वास्थ्य ,कृषि र नगरपालिकाको नीति निर्देशन नियम कानुन र गतीविधीबारे प्रशन सोधियेको थिये भन्ने नगर प्रमुख जलान्धर ले पनि सबै जिग्यासा र प्रश्नहरुको जवाब धैर्यता र शालिन्ता पुर्वक दियेका थिये ।
न्युज 24 का राजु श्रेष्ठको नेतृत्वमा आयेका यश कार्यक्रमको सहजीकरण न्युज 24 को सुमन ढुङ्गाना सन्दिप कोईराला ले गरेका थिये ।
कार्यक्रम मा उप मेयर नशिमा खातुन प्रमुख प्रशासकिये अधिकृत बसंतत जोशी लगायेत को उपस्थिति रहेको थियो ।

