सिम्रौनगढ नगरपालिकामा बिपद ब्यवस्थापनको बैठक सम्पन्न ।


 रामेश्वर मेहता ।तिरहुत साप्ताहिक  

 बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गत बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको  छ ।

नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा भएको यो समितिमा बिगत बैसाख १४ गते सिम्रौनगढ क्षेत्रमा पानी , हावा हुरी र परेको  आसिना बाट भएको  क्षती र सो को क्षतिपूर्ति , राहत दिन सम्बन्धमा निम्न अनुसारको छलफल र निर्णय आयेको छ । सिम्रौनगढमा भएको  क्षतिपूर्तिको बिविरण  कृषि शाखा मार्फ्त जिल्ला बिपद   ब्यवस्थापन समिती , प्रादेशिक बिपद ब्यवस्थापन  समिती , कृषि ज्ञानकेन्द्र कलैयामा क्षतिपूर्ति को माग गर्ने त्यस्तै राहतको सम्बन्ध मा विभिन्न वडाहरुबाट आयेकोक्षतिपूर्ती सम्बन्धि  बिविरण को यथार्थपरक तथ्य यकिन गर्न समिती गठन गरि दुई दिन भित्रकार्यपालिकाको बैठकमा पेश गर्ने  निर्णय गरियो ।

सो अवसरमा उप मेयर नजमु शेहर , प्रमुख प्रशाशकिये अधिकृत मदन कुमार थापा सिम्रौन गढ कृषि प्रमुख शेख अनसारुल हक ,वार्डन. १ का दिनदयाल मुखिया, ३एजुलाह अन्सारी,४ अवधेश सहनी,५, शिवम्ङ्गल कुशवाहा ६ नन्दकिशोर प्रसाद जयसवाल ,७ विवेक मेहता , ९रामएकवाल प्रसाद यादव  , वार्ड अध्यक्षहरु र पिडितहरु को प्रतिनिधि उपस्थिति  रहेको थियो ।

Post a Comment

Previous Post Next Post