रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
पिक्प भ्यानमा लोड गरियेको धानको भुसा भित्र २ क्युनटल १२ किलो गांजा सहित चार जाना ब्यक्तीलाई बारा प्रहरीले आज नियन्त्रणमा लियेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कलैया बाराबाट खटिएका प्रदेश ०३ –०१–०२४ च ४६३० नम्वरको पिकअप भ्यानलाई परवानीपुर गापा–५ बहुअरी स्थित गण्डक नहरको भित्री सडकमा चेकप्वान्ट थापेर बसेका प्रहरीले रोकेर चेकजाँच गर्दा गाँजा जस्तो देखिने पदार्थ भेटिएपछि चालक सहित चार जनालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको हो ।
प्रहरी उक्त भ्यानबाट २१२ किलो ९२८ ग्राम लागुऔषध गाँजा नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता एवं डिएसपी विजयराज पंडितले जानकारी दिए ।
उक्त गाँजा लोड भएको गाडी मकवानपुरको थाहा नगरपाकिला–४ तालुङ घर भएका २८ बर्षीय चालक रवी कार्की, सोही नगरपालिका–१२ टिस्टुङ का ४६ बर्षीय वीरबहादुर गोले, हेटौडा–१४ उत्तरपानीका २३ बर्षीय साजन मोक्तान, धादिङ थाक्रे गाउपालिका–७ आपसी चोकका ३१ बर्षीय महेश तामाङलाई नियन्त्रणमा लिएको डिएसपी पंडितले भने



