६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैया को अनुमानित बजट साथ सिम्रौनगढ नगरपालिका को नगर सभा तथा नीति कार्यक्रम सम्पन्न ।

 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

बाराको  सिम्रौनगढ नगरपालिकामा आज दशौ नगर सभा एव आर्थिक वर्ष २०८२/०८३ को निति कार्यक्रम तथा बजेट बक्तब्य कार्यक्रम नगरपालिकाको सभा कक्षमा  सम्पन्न भएको  छ ।







नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षता भएको यो नगर सभाले  आर्थिक वर्ष २०८२/०८३ को लागि कुल अनुमानित बजट ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैया रहेको छ ।

यो बजेट उप मेयर नज्मु शेहरले सम्पूर्ण जनप्रतिनिधिको उपस्थितिमा प्रसतुत गर्नु  भयो ।

यो नीति तथा कार्यक्रमको मुख्य उद्धेस्य आर्थिक गतिबिधी एव बिकास निर्माणका कार्यलाई तिब्रता  दिने , नगरपालिकाको लोक कलयाण्कारी भुमिकालाई सुदृढ बनाउने समाजिक सुरक्षा एव संरक्षण  प्रदान गर्ने , सार्बजनिक श्रोत साधनलाई उत्पादित क्षेत्रमा परिचालन गर्दै उत्पादनशिल नगरपालिका घोषणा गर्ने रहेको छ ।

कार्यक्रमको सन्चालन प्रमुख प्रशासकिये अधिकृत मदन कुमार थापा ले गर्नु भएको  थियो । 

नीति तथा बजेट बक्तब्य कार्यक्रम पछि  लगतै कार्यक्रमको बारेमा छलफल  भएको  थियो सो छलफल कार्यक्रममा कार्यपालिका  सदस्य उपेन्द्र प्रसाद जयसवाल , वार्ड न. ८ को वार्ड अध रामदिनेश प्रसाद यादव ,वार्ड न. ४ को एजुलाह अन्सारी वार्ड न ९ को रामएकवाल प्रसाद यादव , ६ को नन्दकिशोर प्रसाद जयसवाल , ७ को बिवेक मेहता लगायेतका रहेका छन ।


 

Post a Comment

Previous Post Next Post