सिम्रौनगढमा बिपद ब्यवस्थापन बारे अभ्यास मनसुन -५






 


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

बाराको सिम्रौनगढ -९ टोल बसवरिया को प्रसिद्ध देवताल झरोखर पोखरी नजिक जहा बिपद त्याहा सहकार्य ,सुरक्षाकर्मी सगै साझा दाईत्व साझा मार्ग दर्शन भन्ने मुल नाराका साथ बिपद ब्यवस्थापन सम्बन्धि  अभ्यास मनसुन -५   सम्पन्न भएको  छ ।

सो अवसरमा बाराको  प्रमुख जिल्ला अधिकारी एव बारा बिपद ब्यवस्थापन समिति का अध्यक्ष वसन्त अधिकारी ले बताउनु भयो कि  कुनै समय बिपद आई सकेको बेला चिन्तित हुनु भन्दा पहिले नै यश बाट बाच्न पुर्ब तैयारी गरि राख्नु जरुरी रहेको छ ।यसमा परिवार देखि स्थानिय तह र जिल्ला सम्म  बिपद बाट बाचन सकिने सम्बन्धि  सामाग्रीहरु ब्यवस्थापन गरि राखिने जरुरी रहेको छ ।यसका साथै समाजमा बेला बखत बिपदबाट कसरी बाच्न सकिन्छ भन्ने अन्तरकृया कार्यक्रम गरि जन्तालाई जागरुक गराउन जरुरी रहेको छ ।।

सिम्रौनगढ नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षता भएको  यश  अभ्यास मनसुन  -५ अन्तरगत बाढीबाट कसरी बाच्न र बचाउने सकिन्छ भन्ने झरोखर पोखरीमा प्रयोग गरि देखाईयेको थियो । यश प्रयोगनात्मक कार्यक्रम मा सेना , सशस्त्र प्रहरी  र जनपद प्रहरी का ४० जना सुरक्षाकर्मी भाग लियेका थिये ।

यश अवसरमा  सेना का  बारा प्रमुख सेनानी अशोक कुमार क्षेत्री सिम्रौनगढ नगरपालिका को प्रमुख प्रशासकिये अधिकृत मदन कुमार थापा , , बाराका सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के सि ,डि एस पी बिजय अमाल ईप्रका सिम्रौनगढ का प्रनी पवन पछाई सशस्त्र प्रहरी बि ओपी गोलागन्ज का प्र नी ईश्वर कार्की लगायेत जनप्रतिनिधिकहरुको उपस्थिति  रहेको थियो ।

Post a Comment

Previous Post Next Post