रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
जनमत पार्टीको पार्टी प्रवेश तथा जनसभा कार्यक्रम आज बाराको सिमरौनगढ बस पार्क नजिक सम्पन्न भएको छ ।
सो सभालाई सम्बोधन गर्दै जनमत पार्टी का राष्ट्रिय अध्यक्ष सी. के . राउत ले बताउनु भयो प्रसिद्ध एतिहासिक एव धार्मिक यो सिम्रौनगढमाको पावन भुमीमा केही न केही छ जुन कि यति गौरवशाली छ । पहिले हामीलाई ईतिहास थाह थियेन ,जुन कुरा शाषक वर्गले भन्थियो सो मान्थ्ये ।तर जब हामीले जुन दिन देखि सिम्रौनगढको ईतिहास थाह भयो तब हामीलाई थाह भयो कि कि हामी कति शक्तिशाली छौ ।हामी मधेशी छौ हाम्रो पनि ईतिहास छ । हामीले आफ्नो ताकत देखाउने समय आयेको छ ।हाम्रो भुमीमा पनि उर्ब्रा शक्ति बढी छन सलौ भरी हर मौसममा सदाबहार । तै पनि यहाका कृषकहरुको बजारमा बिचौलियाको हस्तक्षेप जसले कृषकहरुआफ्नो उत्पादनको सही मूल्य पाउदैन सरकार पनि बाहिरबाट चामल अयात गरि किसाननहरुको बजारमा बाधा पुर्याउने काम गरेको छ । जब सम्म जनमत पार्टी को केन्द्र प्रदेश र स्थानीय तह सम्म पकड हुदैन हामी मधेशी यस्तै लुटदै रह्न्छौ । अर्को वक्ता मधेश प्रदेश को मुख्यमन्त्री सतिस कुमार सिहले बताउनु भयो कि सिम्रौनगढको प्रसिद्ध ईसरा पोखरीको सौन्दर्यकरण सम्बन्धमा यहाका जनताहरुले कुरा उठायेको छ यश बारे म यति भन्न चाहन्छु कि यश योजनाका फाईलहरु ब्यवस्थित न भएको र ठिकेदारको लपरवाहीले गर्दा पूरा हुन सकेन जानकारी गराउन चाहन्छौ । अर्को कुरा मधेश्मा बिहार जस्तै मदिरा सेवन गर्ने माथी प्रतिबन्ध लगाउने सम्बन्धमा बताउनु भयो कि अहिले प्रहरी प्रदेशको मातहदमा छैन जुन दिन प्रहरी मधेश प्रदेशमा आउन्छ ।धेरै कुरा बाकी छ सबै पूरा हुन्छ । त्यस्तै यो सिम्रौनगढको बिकास र डढेको चामल क्षेत्र र पलकिया माई क्षेत्रको संरक्षण लगायेतका किकास ओझलमा परेको छ यश बारे मधेश प्रदेशको अगामी बजटमा यसकालागी रकम छुट्याउने बताउदै प्रतिबद्धता गर्नु भयो ।
जनमत पार्टी सिम्रौनगढ नगरकमिटीको अध्यक्ष बिजय ठाकुरको अध्यक्षतामा भएको यश कार्यक्रममा निम्न वक्ताहरुले आफ्नो बिचार राखे का थिये ।वक्ताको कर्ममा जनमत पार्टी को केन्द्रिय उपाध्यक्ष वसन्त कुशवाहा,बन मन्त्री त्रिभुवन साह , वरिष्ठ बैज्ञानिक चन्द्रकान्त राउत ,केन्द्रिय सदस्य रोषणीखातुन,रामबाबू साह ,प्रभुनाथ पटेल ,बिजय गुप्ता , राईटर आर. के . राउत ,राज कुमार कुशवाहा , युवराज मैनाली ,बिद्यार्थी नेता सन्जय साह श्राप ,किसान नेता गगनदेव कुशवाहा लगायेतका रहेका छन ।
सो अवसरमा सिम्रौनगढ्का नेपाली काग्रेसका चर्चित कार्यकर्ता अजित महतो सहित लगभग १५० जना विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका थिये
नेत्री शुष्मा यादव ले स्वागत गरेका यो सभाको सहजीकरण चन्दन शर्माले गरेका थिये । यो सभामा जनताहरुको ठूलो सहभागिता रहेको थियो ।

