सिम्रौनगढ -७ को खजानीमा कृषकहरुको बृहद भेला ।

रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

बैसाख १४ गते आईतवारको बेलुकी आयेको भिषण हावाहुरी ,पानी र आसिनाले सब भन्दा बढी सिम्रौनगढको  प्रभावित गाउ खजानीमा आज गाउलेहरुको बृहद भेला सम्पन्न भएको  छ ।


 सिम्रौनगढ नगरपालिका को उप मेयर  एव बिपत ब्यवस्थापन समितिको अध्यक्ष  नज्मु शेहरको अध्यक्षता एव बाराका प्रमुख जिल्ला अधिकारी  वसन्त अधिकारी  र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तमाङ्ग  को उपस्थिति मा भएको  यश बृहद भेलाले हवाहुरी ,पानी र आसिनाबाट कसको कति क्षती भएको सही डाटा यकिन गरि नगरपालिकाको बिपत ब्यवस्थापन समिती मार्फत प्रमुख जिल्ला अधिकारी को कार्यालयमा  पेश गर्ने निर्णय भएको  छ ।  उक्त भेलामा स्थानीय समाजसेवी शेख मोतिम , राम नरेश कान्त कुशवाहा , उधोग वाणिज्य सघ सिम्रौनगढका अध्यक्ष लालबाबु कुशवाहा , जयन्त कुशवाहा  दिपेन्द्र कुशवाहा , धुर्ब कुशवाहा ,शुभाष कुशवाहा , लगायेतले आफ्नो बिचार राखेका थिये ।

सो ही निर्नय अनुसार आज देखि टोल टोलमा पाच पाच जनाको टोलीले डटा संकलन गर्न सुरु गरेको बुझियेको छ ।

त्यस्तै आज प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी उपरीक्षक सन्तोष तमाङ्ग ले क्षती भएको  बाली र तरकारी खेतिको निरीक्षण  गर्दै पिडित कृषकहरुल्लाई राहत उपलब्ध गराईने बताउनु भयो । सो अवसरामा प्रधानमन्त्री कृषि  आधुनिकीकरण सुप्र जोन तरकारी जोन बारा का अध्यक्ष  सुनिल कुमार कुशवाहाले सिम्रौनगढ क्षेत्रमा आसिना पानीले भएको  क्षती बाट पिडित कृषकहरु लाई राहत र क्षतिपूर्ति को माग साथ ज्ञापनपत्र प्रमुख लिल्ला अधिकारीलाई बुझाउनु भयो ।

यो प्रभावित क्षेत्रलाई हिजो बारा क्षेत्र न. १ को सांसद अचुत मैलानी ले पनि पिडित कृषकहरु सग भेटी क्षती भएको  खेत बाली को निरीक्षन गर्न भयो ।

 

Post a Comment

Previous Post Next Post