रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
प्रसिद्ध एतिहासिक पर्यटकिये एव धार्मिक स्थल बाराको सिम्रौनगढमा एतिहासिक चैत्रनवमी एव रामानवमी मेला लागेको छ ।
तिन किलो मिटर क्षेत्रमा लाग्ने यो मेला नेपाल कै ठूलो मेला मध्ये एक हो । यो मेला यहाँ रहेका कन्काली मन्दिर र रामजानकी मन्दिर नाममा लाग्दछ ।यो मेला पहिले दुई महिना सम्म लाग्ने गर्थ्यो ।तर हाल एता लोपनोमुख भैइ तीन दिनमा सिमित भएको छ । जसको मुख्य मेला आज लागेको छ । आज बिहानै देखी लागेको मेलामा मित्रराष्ट्र भारतको र बारा र रौतहटको थरुवट क्षेत्र बाट व्यापक
सहभागिता देखियो ।यो मेला को आयु बढाउन सिम्रौन विभिन्न खेल तमासा र नाच गानको ब्यवस्था मिलाईयेको छ । आजै अमृतगन्ज स्थित प्रसिद्ध राम जानकी मन्दिर बाट हाथी ,घोड बाजा गाजा का साथ झाकी शोभा यात्रा निकाली सिम्रौनगढ कन्काली मन्दिर आई पुगेका थिये । सनातन धर्म रक्षा मन्च को आयोजनामा निकालियेको सो शोभा यात्रामा साधु सन्त महिला पुरुष बाल बालिका को सहभागिता रहेको थियो र यसै मिति तिथि को पुर्ब सन्ध्यामा कन्काली मन्दिर परिसरमा रहेको बाबा मान्शाराम को समाधी स्थल को खडाउ ( पादुका ) बिधिवत धार्मिक अनुष्ठान्को साथ फेरियो थियो ।
साथै यो मेला को मुख्य पराम्परिक सामग्रीमा काशिदाकारी पेटी ,फर्निचर , गाग्रो कुचो ,जाता , सिलौटी , पन्खा, तारको खिलौना ढोलक , माटोको नाद लगायतका सामग्रीहरुको बिषेश बिक्री हुन्थ्यो तर हाल यी सबै लोप भएका छन । त्यस्तै यो मेलाको मुख्य आकर्षणको केन्द्रमा कठ्पुतलीको नाच र नेटुवाको नाच रहेको छ ।तर हाल कठपुतलीको नाच लोप्नोमुख भये पनि नेटुवाको नाचले हाल सम्म निरन्तर्ता पाई आई रहेको छ । महिलाहरु भाखल अनुसार आफ्नो आचल पसारी त्यस्मा नेटुवाको नाच नचाउने गर्छिन । यो एतिहासिक मेलामा आजको सहभागितस लगभग एक लाखको हरहारीमा रहेको छ । जुन कि गत सालको तुलनामा बढी छ । सहभागिता ठूलो रहे पनि ब्यवस्था कमजोर देखियो ।यो मेलामा काने पानी र सौचालय को अभाव देखियो ,साथै मेला समितिले बाल बालिका हरायेको खोजी ब्यवस्था गरेको थियेन तथा अन्य सुचना सन्चारको कमी देखियो । बर्षो देखि यो मेला अभिभावक बिहिन रहे पनि बिगत दुई साल देखि अभिभावक पायेको छ । यो मेला सिम्रौनगढ नगरपालिका वार्ड न ६ ,७ र २ मा लाग्दै आईरहेको छ । जहा यो रामनौमी मेलामा, मेला देख्न आउने महिला यात्रीहरु एक आफ्समा हाथ र कन्धा मिलाई चैतावर गीत गाउदै झुण्ड का झुण्ड मेलामा प्रवेश गर्थे त्यही आज ठिक यसको उल्टा भएको छ अब यो गीत जडेया पुरुषहरु गाउन्छ्न।
यो मेला लगाउन सकृये रहेका वार्ड न -६ वार्ड अध्यक्ष नन्दकिशोर जयस्वाल ले आउदो साल यो भन्दा पनि ठूलो मेला लगाउन प्रतिबद्धता जनाउनु भएको छ । मेलामा एकास्सी ३: बजे देखि भीड बढ्न थाले । याहा नेपाल प्रहरी , सशस्त्र प्रहरी र नगर प्रहरी ले चार तिर सुरक्षा ब्यवस्था कडा गरियेका थिये ।



