रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
निषादजातीहरुको देवता गुहराज निषाद को जन्म जयन्ति सनिवार रौतहटको मौलापुर नगरपालिका -८ टोल सोनरनियामा एक समारोह बिच मनाईयेकोछ ।
सो जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी राष्ट्रिय समता पार्टीका केन्द्रिय अध्यक्ष बिजय प्रकाश निषाद ले बताउनु भयो कि जहा संस्कार छैन अनुसासन छैन र सास्कृती योग्य छैन वाहा अधिकार शून्य हुन्छ । यी सबै कुरा बुजुर्ग र जेष्ट नागरिक मा निहित हुन्छ तर आजको अवाज जुन कि जेष्ट र बुढा काखालाई किनारा लगाउदै युवा शक्ति मा जिम्मवारी थाप्नु यो कहाँ सम्म सही हो ।मेरो बिचारमा जिम्मेवार युवा शक्तिले जेष्ट र बुढा पाखाहरुलाई सगै राखी वाहारुको सुझाव र आशीर्वाद लिनु नै सही जित हासिल हुन्छ । वाहाले अगाडी बताउनु भयो कि बिते का एक दसक नेपाल निषादहरुलाई एक सुत्रमा बाधी निषाध सघका सस्थापक नेता स्व. मेधराज निषादले अधिकार दिलायेका ईतिहास साक्षी छ तर वाहाको बितिदै यो सबै चकनाचुर भैइ सबै निषादहरु आफ्नै सुरमा अलग भएको देखिन्छ ।तर चिन्ता लिनु पर्दैन आजको नवीन नेतृत्व शक्ति संजिता कुमारी निषादले यो परिस्थितिलाई जुद्धदै निषादहरुलाई एकतामा ल्याई हाम्रो अधिकार दिलाउन प्रतिबद्ध हुनु हुन्छ ।
राष्ट्रिय निषाद सघ नेपालको राष्ट्रिय अध्यक्ष सन्जिता कुमारी निषाद को अध्यक्षतामा भएको यो जन्म जयन्ती समारोहमा विश्व हिन्दु महासंघका सदस्य अभिषेक तिवारी,सास्कृती मन्चका अध्यक्ष राकेश कुमार केवट ,सोभी सहनी , सुरज मुखिया ,जयनाथ मुखिया, रामाउतार मुखिया ,भोला मुखिया , दसैइ सहनी लगायेतले शुभकामना बिचार राखेका थिये ।
यश अवसरमा मित्रराष्ट्र भारत बृदाबनका कथा वाचक का समुहलाई दोशल्ला ओढाई सम्मान गरियेका थिये ।
सुरेश मुखियाले स्वागत गर्नु भएको यो जयन्ती समारोहलाई निषाद नेता प्रमानन्द मुखियाले सहजिकरण गर्नु भएको थियो । सो समारोहमा भजन गीत संगीत र विभिन्न धार्मिक र समाजिक झाकीहरु प्रस्तुत गरियेका थिये ।

