रामेश्वर मेहता / तिरहुत साप्ताहिक
पत्रकार अचार संहिता पालना सम्बन्धि गोष्ठी बुध्वार बाराको कलैया स्थित नेपाल पत्रकार महा सघ बाराको सभा हलमा सम्पन्न भएको छ ।
सो गोष्ठी लाई सम्बोधन गर्दै प्रमुख अतिथी मधेश प्रदेश का गृह,सन्चार तथा कानुन मन्त्री राजकुमार लेखी ले बताउनु भ्यो कि पत्रकारहरुको चिन्ता चासो को मद्य नजर गर्दै केही हाम्रो मन्त्रालयको तर्फ बाट प्रयास गरेका छौ र अब अगामी दिनमा यश बारे म दस दिन भित्र एउटा सानो समिती बनाउन गयिरहेको छु जुन कि सन्चार जगतको हक हितको लागि के गर्न सकिन्छ बारे मा अध्यण गर्नेछ । त्यस्तै हामीले पत्रकारितामा उच्च शिक्षा अध्यण ,सुरक्षा बिमा ,दुर्घटना बिमा ,स्वास्थ्य बिमा र जीवन बिमाको निम्त पनि मेरो ध्यान आकर्षण भएको छ । वाहाले अगाडि बताउनु भयो कि यहाँ मुलुकमा केही सिमित ब्यक्तिहरुबाट प्रतिगमणको प्रयास भैइरहेको छ सो प्रयास कुनै हालतमा सफल हुने वाला छैन । कारण कि राजाको पक्षमा वकालत गर्नेहरु कति प्रतिसत जनप्रतिनिधि होला , कति प्रतिसत जनता होला तर लोकतन्त्र को पक्षमा, गणतन्त्रको पक्षमा ,समावेशिताको पक्षमा ,समान्ताको पक्षमा ९९% प्रतिसत छ ।यश कारण राजावादीहरु कुनै हातमा सफल हुन सक्दैन ।
मिडिया कैन्सिल का अध्यक्ष कैलास दास को अध्यक्षतामा भएको यो गोष्टिमा निम्न वक्ता हरुले आफ्नो बिचार राखेका थिये ।वक्ताको क्रममा नेपाल पत्रकार महासघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा ,बारा क्षेत्र न -४ को मधेश प्रदेश सदस्य देव नरायण चौधरी नेपाल पत्रकार महासघ केन्द्रीय सदस्य सिकेन्द्र पासवान , नेपाल पत्रकार महासघ बाराको कार्यवाहक अध्यक्ष पन्नालाल दास लगायेतका रहेका छन ।
मिडिया कौन्शिल मधेश प्रदेश जनकपुर आयोजनामा भएको यो गोष्टिमा नेपाल पत्रकार महासघ का केन्द्रिय सदस्य राजेश कर्णले पत्रकार अचार संहिता बारे प्रशिक्षण दिनु भएको थियो ।
गोष्ठी को सन्चालन पत्रकार अनिल गौरव ले गर्नु भएको थियो ।

