रामेश्वर मेहता / सिम्रौनगढ ।
प्रसिद्ध एतिहासिक, पर्यटकिये एव धार्मिक स्थल बाराको सिम्रौनगढ स्थित कंकाली मन्दिरको पाराङ्गणमा बृहद आरती अनुष्ठान सुरु भएको छ ।
यो आरती चैत्र १९ गते मंगलवार देखि चैते दशहराको शुभ अवसरमा सुरु भएको छ। पण्डित शशिकान्तमणी त्रिपाठी को अनुसार यो आरती पंचवत्र माहा आरती हो जुन कि विधिवत मन्त्रोचारण साथ गर्ने गरिन्छ । सिम्रौनगढको सुख ,शान्ती अमन चैन र विकास र सफल्ताको कामना साथ सुरु गरियेको यो महा आरती समारोहमा महिला पुरुष साधु सन्त गरि दुई सय जनाको सहभागिता रहेको थियो ।बिणा फाउन्डेसन कि अध्यक्ष ममता शर्माको सकृयता तथा सिम्रौनगढ विकास समितिको आयोजनामा यो बृहद पच वत्र महाआरती चते दसहरा भरी प्रत्येक दिन सन्ध्या ६ :बजे सुरु हुने र आउदो दिनहरुमा यसको निरंतरता सप्ताहिक रुपमा आईतवार को हुने कंकाली विकास समिति का सदस्य प्रमानन्द जयसवालले बताउनु भएको छ ।

