साना किसान कृषि सहकारी संस्था ली. द्वारा रोटर वेटर र स्प्रेयर टंकि वितरन


  रामेश्वर  मेहता / तिरहुत साप्ताहिक  ।


साना किसान  कृषि  सहकारी सस्था लि. सिम्रौनगढले एक समारोह बिच कृषकहरुलाई स्प्रेयर टन्की र रोटरवेटर बितरण गरेको छ ।

कृषि ज्ञान केन्द्र कलैयाबाराको  प्रमुख    राजनरायण साह प्रमुखआतिथ्य र सना किसान कृषि सहकारी सस्था लि. सिम्रौनगढको सन्चालक समिती अध्यक्ष  ललिता देबी दासको अध्यक्षतामा बितरण भएको  रोटरवेटर थान २ र स्प्रेयर टन्की  १२७  गरि १२९ जना कृषकहरुलाई ५०% छुट सहुलियतमा बितरण गरियो ।



सो अवसरमा कृषि ज्ञान केन्द्र कलैया बाराको कृषि अर्थ विद गणेश महरा , सिम्रौनगढ पशु तथा कृषि  अधिकृत महमद अन्सारुल , सना किसान कृषि सहकारी सस्था लि. को सहायक प्रबन्धक  पासपती देबी , समाजसेवी  खुशिलाल कुशवाहा लगायेतको उपस्थिति  रहेको थियो ।

कार्यक्रममा सहजीकरण साना किसान कृषि सहकारी सस्था लि.  सिम्रौनगढको प्रबन्धक दिलिप कुमार कर्ण  गर्नु भएको  थियो ।

Post a Comment

Previous Post Next Post