बाराको सिम्रौनगढ ईलाकामा गयेराती आईतवार आयेको आधी हुरी पानी र आसिनाले एक जनाको मृत्यु सगै करोडो रुपैया बराबरको कृषि बाली र तकारी खेतीमा भारी क्षती भएको छ
मृत्यु हुनेमा बारा सिम्रौनगढ नगरपालिका -१ टोल खजानी निवासी रामबिलास साह कलवार कि श्रीमती ५० वर्षिया मनतुरा देबी रहेकी छीन । गयेराती परीरहेको पानी आसिना र हावाहुरीमा एक्कासी चट्ट्याङ्ग परेको ठूलो अवाजले उसको हार्ट एटेक हुदा उनको मृत्यु भएको स्थानीय लालबाबु कुशवाहाले बताउनु भएको छ । त्यस्तै सो ही आसिना ,पानी, हावाहुरीले सिम्रौनगढ ईलामा लगाईयेको बाली र तरकारीमा भारी क्षती भएको छ ।यश ईलाकाको खजानी, झवानी , नैकाटोला,अमृतगन्ज जानकी नगर , बैरिया हरीहर पुर गङ्गानगर ,सतुवाही,ंअमरपुर कमलपुर ईटवाल kanakapur देवापुर टेटा , पर्सा, सिम्रौनगढ बजार लगायेतको गाउहरुमा लगाईयेको मकै , काउली टमाटर ,बोरी करैला , लौका, खिरा , भिन्डी , भन्टा सबै नष्ट भएको छ । यश ईलाकाको सब भन्दा ठूलो क्षती खजानीमा भएको छ । यहा लगभग एक करोड रुपैया बराबरको क्षती भएको छ ।यहाका कृषकहरु चिन्चित छन ।यसका साथै केही घरको छाप्रा, रुखहरु ढालेका छन । आपको तिकोडा, केरा खेती ,फुल खेती समेतमा क्षती भएको स्थानिये पिडितहरु बतायेका छ ।

