आफ्नो मनबाट डर हटाई दिनु , कामयाबी तपाईको कदम चुमने छ / प्रभु साह


    रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

सिम्रौनगढ भन्सार नाकालाई स्तरबृधी एव  सुचारु गराउन आम जनता पार्टी को विशेष भेला आज  बाराको सिम्रौनगढ  बस पार्कमा सम्पन्न भएको  छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एव आम  जनता पार्टी को राष्ट्रिय  अध्यक्ष  प्रभु साहले बताउनु भएको  कि ईतिहास साक्षी छ ,सिम्रौनगढ्को सम्पुर्ण सम्प्दा भन्दछन कि कुनै बेला सिम्रौनगढ दुनियामा राज्य गरेका थिये ।सिम्रौनमा अति बहु मूल्य आमदनीको श्रोत जिवित छ ।यसका साथै सिम्रौनगढ बिहतर नेपालको निर्माण र बदलावमा अग्रगणी भुमिका खेल्दै आईरहेको छ । ईतिहास साक्षी छ चाहे किसान आन्दोलन होस चाहे पन्चायत बिरोधी आन्दोलन होस, चाहे जन आन्दोलन ,जनयुद्ध , मधेश आन्दोलन सबै आन्दोलनमा यो पवित्र  धरतीको अग्राणी भुमिका रहेको तर बिडम्बना यो छ कि सिम्रौनगढ जहाको त्यही छ भन्ने यसको समीक्षा हुनु जरुरी रहेको छ । वाहाले अगाडि बताउनु भ्यो कि  भन्सारको कुरा गर्दा रौतहट , सर्लाही पर्सा लगायेतका सिमावर्तित जिल्लाहरुमा भन्सार रहेको तर मात्र  बारा जिल्लामा किन छैन यो पनि समिक्षाको बिषय हो । सिम्रौनगढ भन्सारको स्तोरबृधि गर्न हामीहरुलाई  जागरुक हुन जरुरी रहेको छ र सिम्रौनगढ छोटी भन्सारको स्तोर बृधी गरायेर छडछौ प्रतिबद्धता  गर्नु भयो । अन्तमा जसरी खेतमा रहेको फालतु खरपतवारलाई उखाडेर हटाउनु हुन तब सम्म राम्रो उबजनी हुन सक्दैन त्यसरी नै समाजमा रहेको खराब तत्वहरुलाई हटाउन सके मात्र सिम्रौनगढको बिकास सम्भव छ । मलाई लाग्छ कि तपाईहरुलाई डर छ कि यसको बिरोध गर्दा हामीलाई कुनै मुद्दामा फसाई दिन्छ तर त्यसो हुदैन तपाईहरु आफनो मनबाट डर हटाई दिनु कामयाबी तपाईको कदम चुमने छ ।

 युवा नेता नवीन कुमार साहको अध्यक्षमा भएको  यश भेलामा आम जनता पार्टीको उपाध्यक्ष समिना हुसेन   केन्द्रिय  सदस्य  अशोक  लामा ,राजन यादव , सिम्रौनगढ उधोग वाणिज्य  सदस्य लालबाबु कुशवाहा  उमेश कुशवाहा ,पर्सा जिल्ला अध्यक्ष  लखिन्द्र साह बारा अध्यक्ष  राज किशोर साह , मनोज कुमार,  विश्व राज पटेल लगायेतले बिचार राखेका थिये ।यो भेलामा मौलापुर नगरपालिकाको नगर प्रमुख रिना साह को उपस्थिति  रहेको थियो ।

करण कुशवाहा ले स्वागत गर्नु भएको  यो कार्यक्रमको सन्चालन धिरेन्द्र साहले गरेका थिये ।


Post a Comment

Previous Post Next Post