रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको पचरौता टोल रामनगर बाट ठूलो मात्रामा अबैध लागू औषध गांजा सशस्त्र प्रहरीले नियन्त्रणमा लियेको छ ।
विशेष सूचनाको आधारमा बुधबार राती अन्दाजी ९:१५ बजेको समयमा सशस्त्र प्रहरी बिओपी बेनौली बाट सशस्त्र प्रहरी नायब निरीक्षक विश्वराज कुवर क्षेत्रीको कमान्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले बाराको पचरौता नगरपालिका वडा नम्बर ३ रामनगर बाट कोतवाली तर्फ जादै गरेको ना .८ ख ९०२७ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले रोक्न खोज्दा ट्रकका चालकले ट्रकलाई त्यही छाडेर भाग्दा उक्त ट्रकलाई चेकजाँच गर्दा चालक बस्ने सिटको बर्नर भित्र र ट्रकको हुड माथी लुकाई छिपाई राखिएको १०३ किलो लागु अौषध गाजा सहित उक्त ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कर्वाही प्रक्रिया अगाडि बढाईएको सशस्त्र प्रहरी बाराका प्रमुख प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी गराए। सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार ट्रक चालकलाई खोजी कार्य सशस्त्र प्रहरीले गरि रहेको केसीले जानकारी गराउनु भएकोछ ।

