रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
पुर्ब प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्र को राष्ट्रिय अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले सिम्रौनगढ -२ अमृतगन्ज रानिवास बजारमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भयो कि हाम्रो अभियान तराई मधेश जागरण अभियान बारामा सिम्रौनगढबाट नै सुरु गरेको छु ।यश क्रममा हामी जनताहरुको कुरा सुन्ने,समस्या सुन्ने यहाका बिकासका सम्भावनाहरुको खोजी, धार्मिक पौरानिक, पर्यटकिये स्थलको अवलोकन र शिक्षा ,स्वास्थ्य ,रोजगारी सम्बन्धि कुराहरु सुन्ने अभियान को उद्धेय रहेको बताउनु भयो । वाहाले अगाडि बताउनु भयो कि पकै पनि सिम्रौनगढ एतिहासिक पर्यटकिये र धार्मिक स्थल हो कसैलाई संका छैन । नेपालको एउटा गर्व गर्ने ठाउँ हो सिम्रौनगढ । आज म र मेरो नेतृत्व गरेको पुरै टिम यश पटकको अवलोकन भ्रमण पछि सिम्रौनगढलाई एउटा त युनेसको मा नेपाल सरकारले नेपालको संबंधित निकायेले पत्राचार गरि यसलाई विश्व सम्पदा सुचिमा राख्न आवश्यक हो भन्नी मलाई लागेको छ ।तथा म तपाईहरुको अगाडि यो बिश्वास दिलाउन चाहन्छु कि यसकालागी मेरो तर्फबाट पहल हुन्छ । यो क्षेत्र कृषिको लागि पनि महत्वपूर्ण हो किसानको कृषि उपजको सही बजारीकरण र याहा कोल्ड स्टोर पनि आवश्यक छ भनी हामी बुझेका छौ ।
एउटा भाषा आजभोली नेपालमा चलेको छ कि कुनै नेताले राम्रो काम गरेको छैन भन्नी यो भाषा बनाउन खोजियेको छ ।यो अली कति सरकारले गरेको गलत काम करवाहीको कारणले जनतामा निराषा पैदा भैइ यस्तो भाषा बनेको छ । केही प्रतिक्रियावादी र प्रतीगामी शक्तीहरुले जानी बुझी सबै नेताहरु उस्तै हुन भनेर नेताहरु प्रती घृणा फैलाउने र सामंती निरंकुशता तिर देशलाई भडकाउन दुशाष पनि भएको छ । म तपाईं सबैलाई यो कुरा गहिरो गरि बिचार गर्नुहोस भन्न चाहन्छु ।सबै यस्ता होईन ।
यो देशमा राजनीतिक स्थिरता कायम गर्न र विकासलाई गति दिनको लागि शाषकिये स्वरुप बदलिनु पर्छ ।यश कारण याहा हुनु पर्छ प्रत्यक्ष निर्वाचित कारकारी राष्ट्रपती अनि मात्र देशमा पाच वर्ष राजनितिक स्थाईत्व हुन सक्छ ।साथै नेपालमा बहु जातिये , बहु भाषिये बहु सास्कृती विभिदता भौगोलिक बिभिदता सहितको देश हो ।यहा सही समुचित प्रतिनिधित्व हुनकोलागी पुर्ण समानुपातिक निर्वाचन प्रणाली हुनु पर्दछ ताकी सबै जनताहरु आफुले पुर्ण रुपले आफ्नो प्रतिनिधित्व भएको महसुस गरून्
यो अन्तरक्रिया कार्यक्रममा । साना किसान सहकारी सस्था लि. सिम्रौनगढका अध्यक्ष ललिता देबी तात्वा र उधोगवाणिज्य सघ सिम्रौनगढका अध्यक्ष लालबाबु कुशवहाले पुर्ब प्रधानमन्त्रीलाई मायाको चिनो दियेका थिये ।
सो अवसरमा नेकपा माओवादी केन्द्र का केन्द्रिय उपाध्यक्ष अग्नि सापकोटा ,पम्पा भुषाल , महा सचिव देव प्रकाश गुरुङ्ग , उप महा सचिव एव मधेश प्रदेश ईन्चार्य मात्रीका प्रसाद यादव उप महा सचिव गीरी राज मणि , अभियानका बारा पर्सा कमान्डर महेन्द्र पासवान लगायेत केन्द्रीय र जिल्ला स्तरिये नेताहरुको उपस्थिति रहेका थिये ।
सिम्रौनगढ -६ सलेम पुर का सहिद परिवार उर्मिला कुशवाहा को अध्यक्षतामा भएको यश कार्यक्रम को सन्चालन नेकपा माओवादी केन्द्र सिम्रौनगढ नगर कमिटी अध्यक्ष श्यामकिशोर प्रसाद यादवले गरेका थिये ।
पुर्ब प्रधानमन्त्री प्रचण्ड आफ्नो तराई मधेश जगरण अभियान को तहद हिजो सिम्रौनगढ -६ टोल सलेमपुरमाआई पुग्दा वाहाको भब्य स्वागत गरियेका थिय । राती सलेमपुरमा बिश्रानको सगै आज बिहान मर्निङ वाक क्रममा सिम्रौनगढ कन्काली मन्दिर , ईसरा पोखरी , रानिवास रामजानकी मन्दिर घुम्दै जनताहरु साथ भेट घाट गर्दै सिम्रौन गढको कचोर्वा नया बजार स्थित किसान नेता स्व. हरिहर यादवको सालिगमा मलयार्पन गरि कलैया तर्फ प्रस्थान गर्नु भयो । कार्यक्रममा स्थानिये जनताहरुको ठूलो उपस्थिति रहेको थियो ।


